काठमाडौं। तामाङ सम्प्रदायको महान पर्व सोनाम ल्होसार पर्व माघ १० गते शुक्रवार परेको छ।

यस सोनाम ल्होसार पर्वको उपलक्ष्यमा तामाङ सम्प्रदायको बाहुल्यता रहेको ३ नंबर प्रदेश अर्थात बागमती प्रदेशमा शुक्रवार सार्वजनिक विदा घोषणा गरेको छ।

बागमती प्रदेश सरकारको निर्णयानुसार बागमती प्रदेशका १३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको बागमती प्रदेशले सूचना जारी गरेको छ।


प्रकाशन मिति–२०७६ साल माघ १० गते शुक्रवार ।