काठमाडौ। नेपालमा बुद्ध जन्मेको सही र तथ्य कुरालाई कीर्तिमानवाट प्रमाणित गर्नुपर्ने सुन्दै अचम्म लाग्ने नयाँ कार्य भएको छ।

काठमाडौको टुंडिखेलमा शनिवार आयोजित कार्यक्रममा बुद्ध नेपालमा जन्मेको अवधारणा स्वरुप हजारौले भगवान गौतम बुद्धको महान बचन धम्मपद एकसाथ बाचन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो। ७५ हजारले आधिकारिक पास लिएर कार्यक्रममा सहभागिता जनाएको आयोजकको दावी रहेको छ।

अर्कोतर्फ त्यति नै मानिस पास नलिई प्रवेश गरेको भनिएको छ। यकिन आँकडा भने पछि मात्र आउने बुझिएको छ। यसलाई गिनिज बुद्ध अफ दि वर्ल्ड रेकर्डले मान्यता दिन बाँकी छ।

प्रकाशन मिति–२०७४ साल फागुन १९ गते शनिवार ।