Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90
काठमाडौं। विशेषत सरकारी कार्यालयमा आउने सेवाग्राहीहरुलाई सरकारी कर्मचारीहरुले चुस्त तथा दुरुस्त सेवा दिन नसक्दा उनीहरुको सधै विरोध हुंदैआउने गरेको छ। सही र तथ्यगत सेवा दिन नसक्दा सेवाग्राहीहरुको सधैं गुनासो हुने गरेको पाइन्छ।
यस्तो विरोध तथा गुनासोवाट मुक्त गर्नका लागि काठमाडौं महानगरपालिकाले जनसम्पर्कमा हुने कर्मचारीहरुलाई दुई दिने अभिमुखीकरण तालिम प्रदान गरेको छ। आइतवार र सोमवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाका कर्मचारीहरुको लागि अभिमुखीकरण तालिम प्रदान गरेको हो।
सेवा लिन आउने लाभग्राहीको सेवा सन्तुष्टिलाई असल शासनको पक्षका रुपमा कर्पोरेट कल्चर, शारीरिक हाउभाउबाट प्रदर्शन हुने सञ्चार, सेवा प्रवाहमा भाव र अर्थ, प्रभावकारी सुनुवाइ, आँखा र कानको सक्रियता, अभिवादन कला, आवाजको उतारचढाबको अर्थ, बिनयशीलता र पोशाकबाट पर्ने प्रभावका बिषयमा कर्मचारीहरुलाई तालिम प्रदान गरिएको थियो।
यस प्रकारको तालिमबाट सार्वजनिक सेवाका कर्मचारी उत्प्रेरित बन्ने काठमाडौं महानगरपालिकाका सहसचिव डा. टोकराज पाण्डेको भनाई रहेको छ। सरकारी कर्मचारीका प्रत्येक आचरण सेवाग्राहीसँग जोडिएको हुने भएकोेले त्यसतर्फ सचेत गरेर चुस्त तथा दुरुस्त बन्न यो तालिम लाभदायिक बनेको तर्क काठमाडौं महानगरपालिका मेयरको सचिवालयका अधिकृत तथा मानव शंसाधन महाशाखाका प्रमुख बखतबहादुर साउदको रहेको छ ।
तालिम संचालनमा स्किल बेस्ड टे«निङ् एण्ड कन्सल्टेन्सीले सघाएको अधिकृत सन्तु श्रेष्ठले बताएकी छन्।