ललितपुर। जहाँ महिला त्यहाँ विकासको पाइला भन्ने नारा सहित एक महिने कम्प्युटर तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोग तथा शुभारम्भ महिला समूहको आयोजनामा एक महिने कम्प्युटर तालिम संपन्न भएको हो।

विशेषत ललितपुर महानगरपालिका वडा नंबर ५ का स्थानीय गृहिणी महिला दिदीबहिनीहरुलाई लक्षित गरेर एक महिने तालिम संपन्न भएको जानकारी लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्। वडा अध्यक्ष श्रेष्ठका अनुसार, तालिममा सहभागी २२ जना महिला दिदीबहिनीहरुले एक महिनामा कम्प्युटरको आधारभूत ज्ञान पाउनुको अलावा मज्जाले खर्रर टाइप पनि गर्न जानेको छ।

कोरोनाको कहरमा घरैमा बसेर अनलाइन क्लास लिइरहेका छोराछोरीलाई सहयोग गर्न गृहिणी महिला दिदीवहिनीहरु सक्षम बनेका छन्। जुन अत्यन्त लाभान्वित तालिम भएको वडा अध्यक्ष श्रेष्ठको जिकिर रहेको छ। २१ औं शताव्दीको बरदानको रुपमा रहेको कम्प्युटर प्रविधि अव सवैले सिक्न आवश्यक भएको र अझ गृहिणी महिला दिदीवहिनीहरुलाई आवश्यक भएको ठहर वडा अध्यक्ष श्रेष्ठको रहेको छ।

सहभागी सवै महिला दिदीबहिनीहरुलाई प्रमाण–पत्र वितरण गर्दै प्रमुख अतिथिको आसनवाट वडा अध्यक्ष श्रेष्ठले यसप्रकारका उपलव्धीमूलक तालिम वडाले दिएर वडावासीलाई सीपवान वनाउदै समृद्धशाली वनाउने योजना रहेको पनि बताए। कार्यक्रममा महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्य अशोककुमार श्रेष्ठ र वडा सदस्य पूनम निरौलाको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा तालिम प्रविधि संयोजन पिनाकल टेडिङ एकेडेमीका अध्यक्ष शरदराज न्यौपानेको पनि विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सभापतित्व आयोजक शुभारम्भ महिला समूहकी मनिला थपलियाले गरेकी थिइन्। कार्यक्रम संचालन विद्या केसीवाट भएको थियो। प्रशिक्षार्थीहरुको तर्फवाट निलु महर्जन र प्रमिला ढुंगानाले तालिमवाट पाएको उपलव्धीका वारेमा मन्तव्य राखेका थिए। प्रशिक्षण कम्प्युटर प्रशिक्षक शान्ता पाण्डेले दिएकी थिइन्।
प्रकाशन मिति–२०७८ साल बैशाख ११ गते शनिवार ।