गजल

–निशान बुढाथोकी
रोमांचक सांझमा भेट भयो तिमीसंग
नबस्दै माया बिछोड भयो तिमीसंग

छुट्टिएर भएनौ खुशी तिमी अनि म
बन्द गर्यौ बाटो फेरि भेट्ने तिमीसंग

न तिमीले आंट्यौ न मैले नै आंट्न सकें
बस् हुंदै गयौ तिमी टाढा टाढा म संग

अहिले अब के हुन्छ र गरेर पछुतो
जब तिमी अब अरू नै संग


(स्यूचाँटार, कलंकी, काठमाडौं, नेपाल।)
प्रकाशन मिति–२०७८ साल बैशाख ११ गते शनिवार ।