ललितपुर। महिला हक, हित र अधिकारका लागि कटिवद्ध स्वाभिमानी महिलाहरुको समूह दक्षिणकाली महिला समूहको छैठौं बार्षिक साधारण सभा संपन्न भएको छ। ललितपुरको लगनखेलस्थित स्वास्थ्य क्लिनिकको भवनमा बार्षिक साधारण सभा संपन्न भएको हो।

दक्षिणकाली महिला समूहकी संस्थापक अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।

महिलाहरुको समग्र विकासमा कटिवद्ध दक्षिणकाली महिला समूहले गरेको कार्यहरुको उल्लेख संस्थापक अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठवाट भएको थियो। जसमा महिला विकास, सीपमूलक तालिम, स्वास्थ्य शिविर, वडाको गतिविधिमा उल्लेखनिय सहयोग लगायत थसिखेल सिद्धिविनायक मार्गमा दक्षिणकाली महिला समूहकै अगुवाईमा ब्लक छाप्ने कार्य, आफ्नो आँगन आफै सफा गरौं नारा सहित सरसफाई कार्यहरु छन्।

४९ क्रियाशील महिलाहरुको नमूना समूहको रुपमा रहेको दक्षिणकाली महिला समूहको स्वरोजगार कार्यक्रमलाई वडा कार्यालय मार्फत ५ लाख सहयोग हस्तान्तरण गर्ने कार्य वडा अध्यक्ष श्रेष्ठवाट भएको छ। त्यस रकमवाट स्वरोजगारमुखी समुदायमा आधारित व्युटीपार्लर, झोल सावुन बनाउने र विक्री गर्ने लगायतका आत्मनिर्भर कार्यमा खर्चिने जनाइएको छ।

जसवाट दिदीवहिनीहरुले रोजगार पाउने तथा धेरै स्वरोजगार पाउने पनि वताइएको छ। छैठौं बार्षि साधारण सभावाट नयाँ नेतृत्व चयन पनि भएको छ। जसअनुसार, अध्यक्ष–जयावती केसी, उपाध्यक्ष–शर्मिला शिल्पकार, सचिव–अमृता गैरे, सहसचिव–लक्ष्मी मानन्धर, कोषाध्यक्ष–सुनिता श्रेष्ठ, सहकोषाध्यक्ष–मञ्जुकुमारी महर्जन र सदस्यहरुमा रेणु श्रेष्ठ, रमा थापा, निलु महर्जन, सरिता वोहरा, नानिमैया महर्जन चयन भएका छन्।


प्रकाशन मिति–२०७७ साल असार ७ गते आइतवार ।