आठ वर्षअघि प्रथम पटक प्रधानमन्त्री बन्दा पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो औपचारिक अन्तराष्ट्रिय भ्रमणका लागि चीन चुन्नुभएको थियो । र त्यसले दिल्लीको दिलमात्र दुखेन की वहाँको प्रधानमन्त्रीत्वकालमै ठूलो उथलपुथल ल्यायो ।
र यसपटक प्रधानमन्त्री दाहालले दिल्लीलाइ लिएर अलि बढी नै दिल दिइरहनु भएको छ, सजगता अपनाउनु भएको छ । केही साता अघि विशेष दूत र दुई दिनअघि परराष्ट्रमन्त्रीलाइ दिल्ली पठाएर दाहालले साउथ ब्लकको मन बुझ्न खोज्नुभएको छ । अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीलाइ खुशि पार्न नसकेको बताइरहँदा पुष्पकमल दाहालसंग त्यस्तो के छ, जुन भ्रमणबाट भारत खुशी हुनेछ ? ओली सरकारले अघिल्लो भ्रमणमा गरेका सम्झौताहरुलाई दाहाल सरकारले अब कसरी अघि बढाउनेछ ? के नेपाल सधैं भारतसंग पुराना बासी सम्झौताहरुमा नै रुमलिरहन्छ ? अनि, नेपाली राजनीतिमा दिल्लीको माइक्रो म्यानेजमेन्ट हावी रहने गरेको बताउने पुष्पकमल दाहालले यसपटक भारतबाट के लिएर आउँदै हुनुहुन्छ ?

Source:TOUGH talk with Dil Bhusan Pathak