–सुनकुमार अवाल
काठमाडौं। कोरोनाभाइरसवाट बच्न र बचाउन सरकारले जारी गरेको लकडाउनलाई ७० दिनसम्म पुग्दा पूर्ण पालना गर्ने शिक्षासेवी मुकुन्दप्रसाद श्रेष्ठ देखिएका छन्। शिक्षासेवी श्रेष्ठ नेपालमा लकडाउन शुरु भएको गत चैत ११ गतेदेखि आज जेठ १९ गतेसम्म आइपुग्दा ७० दिन पुगिसकेको छ।

७० दिन पुग्दासम्म लकडाउनको पूर्ण पालना गरेर घरको आँगनसम्म पनि नआउने शिक्षासेवीमा मुकुन्दप्रसाद श्रेष्ठ नै देखिएका हुन। काठमाडौं महानगरपालिका वडा नंबर ३२ दीपनगरटोलका स्थायी वासिन्दा शिक्षासेवी श्रेष्ठ आफू शिक्षासेवी भएको कारण कोरोनाको कहरवाट बच्न र बचाउन सवैलाई सरकारले जारी गरेको लकडाउन पूर्णरुपमा पालना गर्न र गराउन आफू नै उदाहरण बन्न घरको आँगनमा पनि नआइकन लकडाउन पालना गरेको वताएका छन्। आफू र परिवार तथा सवैलाई बच्न र बचाउन लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेका गरेका छन्। 

काठमाडौंको लैनचौर स्थित शान्ति विद्यागृह माध्यमिक विद्यालयमा अनवरत शिक्षण गर्ने श्रेष्ठले सोही स्कुलमा हेडमास्टर समेत बनेर ४० बर्षभन्दा बढी लामो शिक्षा सेवा गरेका श्रेष्ठ सवै विद्यार्थीका अत्यन्त प्रिय शिक्षक हुन। श्रेष्ठले पढाएका धेरै विद्यार्थी डाक्टर, इञ्जिनियर, पाइलट, नेता, पत्रकार, राजनीति लगायतका एक से एक पेशामा आवद्ध रहेका छन्।

कहिलेकाही ती विद्यार्थीहरुलाई भेट्दा असाध्यै गौरब लाग्ने गरेको र उनीहरुले पनि मेरो गुरु भनेर संझ्दा र सोही अनुरुपको सम्मान दर्शाउंदा शिक्षक हुनुको गौरबता महशुश हुने गरेको श्रेष्ठले भनेका छन्। हाल कोटेश्वरको दीपनगरमा स्थायी बसोवास गर्ने श्रेष्ठ मध्यपुर थिमीकै नौलो ज्योति स्कुलको संस्थापक, जन आदर्श क्याम्पसको संस्थापक संचालक समितिको अध्यक्ष बनेर पनि कार्य गरिसकेका छन्।

विशेषत हिजोआज सामाजिक सेवामा क्रियाशील शिक्षा सेवी श्रेष्ठ दीपनगर टोल सुधार समितिको संस्थापक कोषाध्यक्ष, सेवा निवृत समाज दीपनगरको संस्थापक अध्यक्ष, दीप नेवाः पुचःको संस्थापक अध्यक्ष तथा निखिलेश्वर महादेव मन्दिर दीपनगरको सल्लाहकारको रुपमा कार्यरत रहेका छन्।

त्यसैगरेर लक्ष्मीनारायण योग समूहका संस्थापक पनि हुन। जारी लकडाउनमा लक्ष्मीनारायण योग समूहवाट हरेक विहान इन्टरनेटको माध्यमवाट सदस्यहरुलाई भर्चुअल योगाभ्यास तथा योग प्रशिक्षण दिने कार्य गरिदैआएको जानकारी पनि शिक्षासेवी श्रेष्ठले दिएका छन्।


प्रकाशन मिति–२०७७ साल जेठ १९ गते सोमवार ।