हंगकंगमा तुयुमतिको ऐतिहासिक प्रदर्शन–तुयुमतिका हिरोलाई स्टारडमको सम्मान

काठमाडौ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगमा नेपालभाषाको अत्यन्त लोकप्रिय चलचित्र तुयुमतिको प्रदर्शन भएको छ। आइतवार आयोजित कार्यक्रममा हंगकंगमा रहेका नेवार तथा गैरनेवारहरुको सहभागिताले तुयुमतिको प्रदर्शनलाई अत्यन्त सफल बनाइदिएको प्रतिक्रिया हंगकंग नेवार समाजकी प्रथम महिला अध्यक्ष रचना प्रधानले भिजन संसारलाई दिएकी छन्। पहिलो पल्ट मातृभाषामा निर्माण भएको चलचित्र तुयुमतिलाई प्रवास हंगकंगमा प्रदर्शन गर्न पाउंदा अत्यन्त खुशी […]

हंगकंगमा पहिलोपल्ट नेपालभाषाको चलचित्र तुयुमति प्रदर्शन हुने

काठमाडौ। नेपालभाषामा निर्माण भएको बहुचर्चित चलचित्र तुयुमति अव हंगकंगमा पनि रिलिज हुने भएको छ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगको कम्युनिटी हलमा चलचित्र तुयुमति नेपाली भाषामा प्रदर्शन हुन लागेको हो। यही आउने २८ मे अर्थात जेष्ठ १४ गते प्रदर्शन गर्ने लगभग अन्तिम तयारीमा आफूहरु पुगिसकेको हंगकंग नेवार समाजका अध्यक्ष रचना प्रधानले हंगकंगवाट भिजन संसारलाई जानकारी दिएकी […]

नेपाल र बेलायतमा छायाँकन भएको चलचित्र तुयुमति अव नेपालका सिनेमा हलहरुमा प्रदर्शन हुने

काठमाडौ। नेपाल र बेलायतमा छायांकन भएको पहिलो नेपालभाषाको चर्चित चलचित्र तुयुमति अव नेपालका सिनेमा हलहरुमा सार्वजनिक प्रदर्शन हुने भएको छ। आगामी चैत्र महिनाको पहिलो हप्तातिर यस चलचित्रले नेपालका हलमा प्रदर्शनका लागि डेट पाएको छ। काठमाडौ र काठमाडौ बाहिर एकसाथ प्रदर्शन गर्नको लागि हाल व्यापक तयारी भैरहेको यस चलचित्रका निर्माता तथा अभिनेता मनिष कुमार श्रेष्ठले जानकारी […]

१७ बर्षपछि नेपालमा बेलायतमा रहेका नेपाली कलाकार मनिष श्रेष्ठको भाइटीका–प्रेम र समयको प्रतिक

काठमाडौ। १७ बर्षको लामो विछोड ! सहनै नसक्ने त्यो पीडालाई भुलेर १७ बर्षपछि यो बर्षको भाइटीकामा बेलायतमा रहेका नेपाली कलाकार मनिष कुमार श्रेष्ठले नेपालमा भाइटीका गरेका छन्। दिदी कल्याणी श्रेष्ठ र बहिनी रिना जोशीको हातवाट १७ बर्षपछि नेपाल आएर भाइटीका गर्न पाउंदाको त्यो गौरबता तथा रोमाञ्चकतालाई जिन्दगीभर साँचेर बेलायत फर्कने प्रतिक्रिया कलाकार श्रेष्ठले भिजन संसारसँगको […]

तुयुमती हेर्ने दर्शकहरु खचाखच–तुयुमती अत्यन्त राम्रो भएको टिप्पणी

काठमाडौ। विगत १६ बर्षदेखि बेलायत प्रवासमा बस्दैआएका अभिनेता मनिष कुमार श्रेष्ठ पछिल्लो चलचित्र यात्राको क्रमिकताको नयाँ संस्करण चलचित्र तुयुमती बनेको छ। तुयुमती मनिषको बेलायत बसाईको उपज जस्तो देखिएको छ। कतिले मनिषले बेलायतमा गरेको संघर्षको कथालाई तानाबुना बुनेर पटकथालाई बलियो गरेर बाँधेर बनाएको राम्रो चलचित्र भनेर टिप्पणी गर्नेहरु पाइयो। नेपाली मुभी क्लब युकेको आयोजनामा अन्तरराष्ट्रिय नेपाली […]

नेपाल र बेलायतको कथामा बनेको चलचित्र तुयुमतीको नेपालमा फस्ट रिलिज

काठमाडौ। नेपालभाषा संकिपा समाजको आयोजनामा बृहत रुपमा भैरहेको नेपालभाषा फिल्म फेस्टिबलमा बहुप्रतिक्षित चलचित्र तुयुमती प्रदर्शन भएको छ। बेलायतका विभिन्न स्थानमा नेपालभाषा र नेपाली भाषामा प्रदर्शन भएर बेग्लै कीर्तिमान कायम गर्न सफल चलचित्र तुयुमती नेपालमा शनिवार पहिलोपल्ट नेपालभाषा फिल्म फेस्टिबलमा प्रदर्शन भएको हो। नेपाल र बेलायतको कथामा आधारित चलचित्र तुयुमतीलाई फेस्टिबलको तीनै–शो हेर्ने दर्शकहरुले अत्यन्त रुचाएको […]