Tuyumati in Gun Gwarko 3काठमाडौ। विगत १६ बर्षदेखि बेलायत प्रवासमा बस्दैआएका अभिनेता मनिष कुमार श्रेष्ठ पछिल्लो चलचित्र यात्राको क्रमिकताको नयाँ संस्करण चलचित्र तुयुमती बनेको छ।

तुयुमती मनिषको बेलायत बसाईको उपज जस्तो देखिएको छ। कतिले मनिषले बेलायतमा गरेको संघर्षको कथालाई तानाबुना बुनेर पटकथालाई बलियो गरेर बाँधेर बनाएको राम्रो चलचित्र भनेर टिप्पणी गर्नेहरु पाइयो। नेपाली मुभी क्लब युकेको आयोजनामा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज युके र पासा पुचःयुकेको सहभागितामा ललितपुरको ग्वार्को स्थित गुण सिनेमा हलमा विहीवार चलचित्र तुयुमतीको च्यारिटी प्रदर्शन भएको थियो।

Tuyumati in Gun Gwarko 1दर्शकहरुको खचाखच उपस्थितिले गर्दा आमन्त्रित बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ देखि नेपालभाषाका प्रथम नायक जय श्रेष्ठले समेत सिट नपाउंदा अलिकति समस्या सिर्जना भएको थियो। टिकट किनेर आउने दर्शक कतिपयले आफू बसेको सिट छाडिदिएर नेपाली चलचित्रका कलाकारका सम्मान गरेको पाइयो। सोचेभन्दा बढी दर्शकको उल्लेखनिय उपस्थितिले चलचित्र तुयुमतीका निर्माता समेत रहेका अभिनेता मनिष कुमार श्रेष्ठ बस्ने सिट नपुग्ने पो हो कि भनेर आतिएका थिए।

Tuyumati in Gun Gwarko 5राम्रो चलचित्रका लागि दर्शकको कमी हुंदैन भन्ने प्रमाण चलचित्र तुयुमतीको च्यारिटी प्रदर्शनमा गुण सिनेमा हलमा देखियो। चलचित्र तुयुमतीको क्रेज तथा चर्चाको कारण हलवाला तथा चलचित्र वितरक गोपाल कायस्थ समेत तुयुमती हेर्न बसेको पाइयो। तुयुमतीलाई चलचित्र वितरक कायस्थले समेत अत्यन्त मन पराएको प्रतिक्रिया व्यक्त गरे ।

Dhiren Shakya

नायक धीरेन शाक्य त पहिलोपल्ट मातृभाषा नेपालभाषामा निर्माण भएको चलचित्र तुयुमतीमा खेल्न पाउंदा निक्कै दंगिएका छन्। चलचित्र तुयुमतीमा गेष्ट रोल भएतापनि धीरेनले पहिलो पल्ट चलचित्र तुयुमतीमा नेपालभाषामा नै सर्रर संवाद बोलेको पाउंदा उपस्थित दर्शकहरु तीन छक्क परेका थिए।

Tuyumati in Gun Gwarko 2जग्गा दलालीको विशेष भूमिका रहेका चर्चित हाँस्यअभिनेता राजाराम पौडेलले समेत धाराप्रवाह तुयमतीमा नेपालभाषामा फर्रर बोलेको देख्दा हेर्नेहरु पनि तीन छक्क परेका थिए। साथमा बरिष्ठ फाइट मास्टर राजेन्द्र खड्गी, हिट फिल्म राजमतीकी नायिका राजमती अर्थात हिसिला महर्जन र उनको श्रीमान तुइँसी मणिराज लवट गेष्ट रोल भूमिका, दुई हाँस्य अभिनेता सविन शाक्य चाकुचा तथा हृद्यप्रसाद मिश्र, कृष्णभक्त महर्जन, सुनिता ठाकुर लगायत सवैले अभिनय गर्न कुनै प्रकारको कसर बाँकी राखेका छैनन्।

Tuyumati in Gun Gwarko 4

प्रमुख भूमिका देखिएका ग्वारा दाइ मनिषकुमार श्रेष्ठ र तुयमती बनेकी अर्णेश्वरी श्रेष्ठको भूमिकालाई प्राय सवैले मन पराए। नेपालमा खेती किसानी गरेर बसेका कृषक पत्नी छिमेकीको लहलहैमा लागेर काठमाडौको अमूल्य जग्गा बेचर बेलायतमा काम गर्न पठाएको सपना देख्छिन्। सपनामा श्रीमानले बेलायतमा निक्कै संघर्ष गरेको र पछि सोही पत्नीसँग टन्न पैसा कमाएपछि डिभोर्स मागेको सन्देशमुलक मोडले चलचित्रको अन्त गरिएको छ। जुन निक्कै मार्मिक पाइएको छ। निर्देशन आर्यम नकर्मीको रहेको छ।

प्रकाशन मिति–२०७३ साल साउन २८ गते शुक्रबार ।