Arrestedकाठमाडौ। अवैधरुपमा चीन लैजान लागेको डलरसहित एक चीनिया नागरिक पक्राउ परेकी छन्। जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा ४७ वर्षीया चिनियाँ महिला लि वान रहेकी छन्।

उनको साथबाट १०० र ५० दरका ५० हजार अमेरिकी डलरसहित उनलाई रसुवागढी नाकाबाट बुधबार पक्राउ गरिएको हो। आज बिहान पत्रकार सम्मेलनमार्फत् प्रहरी प्रमुख थापा क्षेत्रीले विशेष सुराकीका आधारमा चिनियाँ नागरिक पक्राउ भएको जानकारी दिएका हुन्।

सो डलर रु ५१ लाख ३१ हजार ५ सय बराबरको भएको बताइएको छ।
प्रकाशन मिति–२०७४ साल असोज ५ गते विहीवार।