एक पुस्तकमा दुई उपन्यासको स्वाद कृष्ण विहल महर्जनको नौलो प्रयोग

Nobelist Mr. Krishna Bihal Maharjan and his Nobel Roop.
Nobelist Mr. Krishna Bihal Maharjan and his Nobel Roop.
काठमाडौ। प्रेममा उत्सर्ग, त्याग तथा समर्पण अनि बलिदानी सवै जायज हुन्छ। शायद यो नभएको भए प्रेमको खासै अर्थ हुंदैन। यही प्रेमको अर्थले नै प्रेमलाई महान बनाएको छ।

यिनै प्रेम गर्ने र प्रेममा संसार विर्सने ती प्रेमीहरुको नाममा रुप नामक उपन्यास बजारमा आएको छ। २७ बर्षअगाडि ललितपुर वडा नंबर ७ पिन्छेँ टोल निवासी उपन्यासकार कृष्ण विहल महर्जनले लेखेको उपन्यास रुपको विमोचन पश्चात रुपले रुप पाएको हो।

केही दिनअघि काठमाडौमा आयोजित एक भव्य समारोह वीच उपन्यासकार कृष्ण विहल महर्जनको उपन्यास रुपको विमोचन भएपछि उपन्यासले आकार र जीवन्तता पाएको हो। प्रसिद्ध प्राध्यापक डा.अरुण गुप्तेव्दारा विमोचित एक उपन्यास रुपमा अर्को उपन्यास मेरो भावना पनि बोनसमा पढ्न पाइन्छ। एउटै पुस्तकमा दुईटा उपन्यास प्रकाशित गर्ने नौलो आयाम थप्ने कार्य पनि उपन्यासकार महर्जनवाट भएको छ।

Krishna Bihal's Roop 3२७ बर्षअगाडि कलेज लाइफको त्यो रहरलाग्दो साहित्यिक जोशमा लेखेको उपन्यास यति धेरै समयको अन्तरालमा प्रकाशित हुदापनि त्यतिकै बेलगाम जोश रहेको र साथमा पर्याप्त होश रहेको पनि दावी महर्जनको रहेको छ।

उपन्यास ढिला प्रकाशित हुनुकोपछाडि विविध कारण रहेको बताउने उपन्यासकार महर्जनको उपन्यासमा प्रेम तथा अन्तरजातिय विवाह संवन्धको विहल तथा विद्रोहको आगो रहेको छ।

जुन उपन्यासभित्र एकपछि अर्को गरेर घट्ने घटनाक्रमले कौतुहलता तथा थप रहस्यता थप्दै लाने गरेको पाइएको छ। रहस्य, रोमाञ्चता तथा कौतुहलताले भरिएको यो उपन्यास लेख्ने क्रममा कयन रात सपनामा उपन्यासकार महर्जनले अन्तरव्दन्द गरेका छन्। सपनामा भएको अनि गरिएको त्यो अन्तरव्दन्दतालाई विपनामा तुरुन्तै नोट गरेर लेखिहाल्ने बानीकै कारणवाट उपन्यास रुपले रुप पाएको उपन्यासकार महर्जनको दावी रहेको छ।

Krishna Bihal's Roop 1अर्थात महर्जनको लेखनलाई सपनाले निक्कै नै सहयोग गरेको छ। प्रेम कथामा आधारित उपन्यास रुपलाई कतिले महर्जनको आत्मकथा भन्ने गरेतापनि त्यो यथार्थ भने होइन। यस उपन्यासमा उपन्यासकार महर्जनको केवल भावना रहेको उनको यथार्थ प्रेमको कुनै मिश्रण छैन्।

सुकरात, शेक्सपियर तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहित्यिक कृति तथा जीवनीवाट प्रभावित बनेर कवि तथा गीतकार हुंदै उपन्यासकार बनेका महर्जनले कयन कविता तथा गीत लेखेका छन्।

Krishna Bihal's Roop 2

ती कविता तथा गीतका थेली पनि प्रकाशित हुने क्रममा रहेका छन्। पाँच कृति प्रकाशनको प्रतिक्षामा छन्। वि.सं.२०४४ सालतिर आफैले लेखेको हाँस्य नाटकमा अभिनय समेत गरेका महर्जन साहित्यलाई मनको बह तथा भावना पोख्ने माध्यमका रुपमा अनेकन तरिकाले प्रयोग गर्नमा व्यस्त छन्। यसैमा महर्जन रमाइरहेका छन्। अनि विह्ल बनिरहेका छन्।
प्रकाशन मिति–२०७४ साल असोज २३ गते सोमवार ।