काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका प्रतिष्ठित गायक सीताराम पोखरेल म्युजिक भिडियो कलाकार संघ नेपालमा सल्लाहकारमा चयन भएका छन्। विगत ३२ बर्षदेखि प्रत्येक बर्ष आफ्नो गीतको म्युजिक भिडियो मात्र नबनाइकन आफै नायक बनेर अभिनय गर्दै नेपाली म्युजिक भिडियोका बादशाह पोखरेललाई संघले सल्लाहकारमा चयन गरेको हो।

Sita Ram News 21694269031.jpg

म्युजिक भिडियो कलाकार संघ नेपालको तेश्रो अधिवेशनवाट निर्वाचित नयाँ कार्य समितिको पूर्ण बैठकले गायक पोखरेललाई सल्लाहकार पदमा चयन गरेको संघले जनाएको छ। सम्झना बुढाथोकी अध्यक्ष रहेको संघले नेपाली हिन्दू नारीहरुको महान पर्व तिजको अवसरमा तिज विशेष कार्यक्रम गरेर गायक पोखरेललाई सल्लाहकार जस्तो गरिमामय पदमा चयन गरेको तथा नेपाली म्युजिक भिडियोमा ३२ बर्षदेखि निरन्तर योगदान दिएवापत विशेष सम्मान पनि प्रदान गरिएको छ।

Sita Ram News 11694269031.jpg

रेडियो नेपालको सञ्चालक समितिको सदस्य समेत रहेका गायक पोखरेल आफू निरन्तर नेपाली म्युजिक भिडियो उत्थान तथा प्रगतिको लागि अहोरात्र लागेको परिणाम स्वरुप सम्मान तथा सल्लाहकार जस्तो गरिमामय पद पाउंदा बल्ल म्युजिक भिडियोको बादशाह हुनुको स्वाद पाएको प्रतिक्रिया व्यक्त गर्छन्। नेपालका पहिलो मिस नेपाल रुबि राणा देखि विभिन्न कालखण्डका मिस नेपालहरुलाई म्युजिक भिडियोमा नायिका बनाउने कार्यको प्रारम्भ समेत गरेका गायक पोखरेलले नेपाली म्युजिक भिडियोको धार परिवर्तन गरेर नयाँ स्वाद दिने कार्य पनि प्रत्येक बर्ष गर्दैआएका छन्।

Sita Ram News 31694269033.jpg