काठमाडौं। थारुभाषा चलचित्रका सुपरस्टार परशुराम चौधरीको आगलागी भएर खरानी भएको सुनसरीको झुम्का रामधुनीस्थित म्याजिक सिनेमा हलको पूर्नरनिर्माण भएर शानदार प्रदर्शनमा आएको पनि दुई बर्ष पूरा भएको छ। खरानी भएको हललाई पूर्नरनिर्माण गरेर सुपरस्टार चौधरीले म्याजिक सिनेमा हल अझ राम्रो र सुविधासम्पन्न गरेर संचालनमा ल्याएको हो।

विसं.२०७८ भदौ १२ गते विजुलीको सर्ट भएर म्याजिक सिनेमा हलमा भिषण आगलागी भएर ध्वंस्त बनेपछि चलचित्रकर्मी परशुराम चौधरीलाई ठूलो बज्रपात परेको थियो। हलको भवनको मात्र बिमा भएको र सिनेमा हलको नभएको कारण बिमावाट कुनै भुक्तानी हुन नसकेपछि हारेको मन बोकेर बसेका चौधरीलाई असी कटेका बुवाआमा, पत्नी रेणु चौधरी, छोरा–बुहारी र छोरीको ढाड्स र उत्प्रेरणाले ऋणै काटेर भएपनि म्याजिक सिनेमा हलको पूर्नरनिर्माण गरेको जानकारी म्याजिक सिनेमा हलका हल मालिक परशुराम चौधरीले  दिएका छन्।

Parshu Ram Chaudhary 11694877255.jpg

विसं.२०७३ असोजमा स्थापित म्याजिक सिनेमा हल त्यो बर्षको नेपालीहरुको महान पर्व बडादशैंको पहिलो दिन घटस्थापनावाट शुभारम्भ भएको थियो । हल संचालन भएदेखि नै नेपाली चलचित्रलाई विशेष महत्व र स्थान दिएर प्रदर्शन गर्ने र गराउने कार्य गर्दैआएका सुपरस्टार परशुराम चौधरी नेपाली सिनेमा जहिले पनि हिन्दी सिनेमाको मारमा पर्ने गरेको तर्क राख्छन्।

म्याजिक सिनेमा हलमा दुईवटा हल छन्। एकमा नेपाली र अर्कोमा हिन्दी फिल्म लाग्ने गरेको छ। हिन्दी फिल्म लागेको हलमा दर्शक भरिभराउ हुने गरेको र नेपाली फिल्म लागेको हलमा मुश्किलले आठ देखि दशजनासम्म मात्र हुने गरेको कारण कहिलेकाही नेपाली चलचित्रप्रति दर्शकको घट्दो रुचिले दिक्दार लाग्ने गरेको भनाई पनि चौधरीको छ। चौधरीको म्याजिक सिनेमा हलमा यतिखेर नायिका झरना थापा निर्देशित एक भागवत् एक गीता प्रदर्शनमा छ।

Parshu Ram Chaudhary 21694877256.jpg
Parshu Ram Chaudhary 31694877258.jpg