नायक बिक्रम डि जोशीले ट्र्ेयलवकर्स २०२३ — साउथ डाउन्समा १०० किलो मिटर नन्स्टप ३० घण्टा भन्दा कम समयमा टे्रक गरि गोर्खा वेलफेयर ट्र्ष्टको लागि अत्यावश्यक कोष उठाउँदै र यस्तो सामाजिक कार्यमा आफू समिलित हुँन पाउदा आफु सन्तोषी र खुशीछु, नायक जोशीले व्यक्त गरे ।

टे्र्यलवकर्स समिलित हुनु शरिर, दिमाग र मित्रताको तालमेल राख्ने एक अद्वीतिय अवसर हो । साउथ डाउन्स वे को ऐतिहासिक मार्गहरु प्छयाउदै रोमान्चक पहाडहरु र सुन्दर तथा मनमोहक समुद्री दृष्यहरु र सुन्दर गाँउहरुको अवलोकन गर्न पाउनु भनेको स्वर्ग कै अनुभव गर्न पाउनु हो ।

चुनौती भनेको चार जानाको एक टोलीमा ३० घण्टा भन्दा कम समयमा साउथ डाउन्स वे मा १०० किलोमिटर ननस्तप हिँडनु, टहल्नु र दौडनु हो । हरेक १० किलोमिटरमा एक चेकपोइन्ट हुनेछ, गतन्व्य पुग्नु अघि सम्म नौ चेकपोइन्टहरु हुनेछन् । जहाँ आफ्नो लागि पानी भर्न सकिनेछ, प्राथमिक उपचार पाउन सकिनेछ । तागतका लागी केहि खाजा र किट परिवर्तन गर्न सकिनेछ अनि मनोबल बढाउन आफ्नो समर्थक टोली संग पनि भेटघाट गर्न सकिनेछ ।

नायक जोशीले साथीहरुका साथमा गत बर्ष पनि च्यारिटि राइड लण्डन टू प्यारिस गरि सकेकेछन् । चलचित्रमा अभिनय गर्नुुका साथै समाज कल्यानको लागि आफूू जहिले पनि तमतयारछु र अन्त्यमा अरुलाई पनि आफ्नो वेव साईड मा लिंक https://trailwalker.gwt.org.uk/bj गरि सोचेको जती डोनेशन गरि सामाजिक कार्यमा सरिक हुँन आव्हान पनि गर्नु भयो ।

ह्याप्पी डेज्, पास वर्ड, हेल्लो जिन्दगी नायक जोशिले अभिनय गरेका नेपाली चलचित्रहरु हुन । जुन Youtube र आमेजोन प्राईम बाट हेर्न सकिने छन ।