Gyanendra Shahकाठमाडौ। मुटुमा समस्या भएर अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्य अवस्था सामान्य भएको छ। नर्भिक अस्पतालका अनुसार पूर्वराजा शाहको मुटुसम्म पुग्ने नसामा अवरोध देखिएपछि एनजीओप्लास्टी गरिएको छ।

उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा. यादवदेव भट्टले बुधबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन। पूर्वराजा शाह बुधबार बिहान मुटुको उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए।

डा.यादवले पूर्वराजा ज्ञानेन्द्रको स्वास्थ्य हाल सामान्य रहेको र अवको दुई–तीन दिनभित्र स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज हुने बताएका छन्। पूर्वराजा शाहको उपचारमा मुटुरोग प्रमुख भट्ट नेतृत्वको टोलीमा डा.शिवजीविक्रम सिलवाल, डा.शेखर राजभण्डारी, डा. नग्मा श्रेष्ठ, डा.सन्तोषमान श्रेष्ठ तथा डा. किशोरजंग राणा संलग्न छन् ।

प्रकाशन मिति–२०७४ साल साउन ४ गते बुधवार ।