Oli with Modiकाठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमण जारी नै रहेको छ। नेपालमा नयाँ संविधान जारी भएपछि नेपाल र भारतवीच उत्पन्न असमझदारी प्रधानमन्त्री ओलीको भारत भ्रमणवाट हटेको दावी गरिएको छ।

प्रधानमन्त्री ओलीले भारतले यसअघिका नेपालका सरकार प्रमुखहरुलाई भन्दा बढी महत्व दिएर सम्मान दिएकोले दुई देश वीचको राजनीतिक संवन्धमा उचाई थपिएको जिकिर पनि प्रधानमन्त्री ओलीले गरेका छन्। दुईपटक नेपाल आएर नेपाली जनताको वाहवाही पाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाँच महिना लामो भारतको अघोषित नाकाबन्दी नेपाल र नेपालीको नजरवाट मात्र नगिरिकन विश्ववाटै गिरेको थियो। त्यो गिरेको साखलाई जोगाउन पनि मोदीले ओलीको निक्कै सम्मान र चाकडी गरेको हुनुपर्ने अनुमान गरिएको छ।Oli in India 2

नयाँ संविधान नेपालमा जारी भएकै कारण टाउको दुखाएर नेपालमा नाकाबन्दी गरेका मोदीले सोही संविधानलाई ओलीको अगाडि उपलव्धी भन्नु उनकै लागि लाजमर्दो विषय बनेतापनि नेपालको जितकै रुपमा लिइएको छ।

Oli in India 1

अर्कोतर्फ नेपालका लागि काँकडभिट्टा बंगलाबन्ध कोरिडर पारवहन सुविधा दिने निर्णय, विशाखापट्टनम् बन्दरगाहको प्रयोग गर्न दिने र नेपाल–भारत संवन्धमा प्रबुद्ध व्यक्तिहरुको समूह गठन हुनुलाई ओलीको भ्रमणको उपलव्धी मानिएको छ। यो भ्रमणले अरु खासै उपलव्धी नभएतापनि दुई देश वीचको चिस्सिएको संवन्धलाई सुधार गर्ने अवसरको रुपमा लिइएको छ।

प्रकाशन मिति–२०७२ साल फागुन ९ गते आइतवार ।