Deuba Modi Delhi Press Meetकाठमाडौ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच ८ समझदारी पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरवाद हाउसमा वार्ता भए लगत्तै दुवैको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

समझदारी भएकामध्ये चार विषय भूकम्पपछिको पुनःनिर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन्। एउटा सम्झौता ५० हजार घर पुनःनिर्माणसँग सम्बन्धित छ। भूकम्प प्रभावित क्षेत्रको शिक्षा र सांस्कृतिक सम्पदा पुनःनिर्माणबारे पनि समझदारी भएको छ। यो सम्झौतासँगै आगामी आगामी हिउँदको भारतबाट थप एक सय मेगावाट विद्युत् थपिनेछ।

ती अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालले भारतबाट थप ५०–५० मेगावाट विद्युत् आयात गर्नेछ। हस्ताक्षर कार्यक्रमसँगै दुवै देशका प्रधानमन्त्रीले रक्सौल–परवानीपुर र कुशाहा—कटैया अन्तरदेशीय प्रसारण लाइनको संयुक्त रुपमा उद्‌घाटन गरे। हैदरवाद हाउसबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर ती प्रसारण लाइनको उद्‌घाटन गरेका हुन्।

यो सम्झौतासँगै आगामी आगामी हिउँदको भारतबाट थप एक सय मेगावाट विद्युत् थपिनेछ। ती अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालले भारतबाट थप ५०–५० मेगावाट विद्युत् आयात गर्नेछ। यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा पनि ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको उद्‌घाटन भएको थियो।
प्रकाशन मिति–२०७४ साल भाद्र ८ गते विहीवार ।