Himani Shahko Rahatकाठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले बारा र पर्साका बाढीपीडितलाई राहत वितरण गरेकी छन्छो। बुधवार छोरा हृदयेन्द्र र छोरी कृतिका शाहसँगै वीरगन्ज पुगेकी शाहले ५ सय बाढीपीडित परिवारलाई राहत वितरण गरेकी हुन्।

पर्साको पोखरीयास्थित रामदेव कलवार उच्च माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा पीडित परिवारलाई चामल, दाल, चिउरा, बिस्कुट र एक–एकओटा त्रिपाल वितरण गरिएको थियो।

जिल्ला दैवी प्रकोप उद्धार समिति बारा र पर्साको समन्वयमा हिमानी ट्रष्टद्वारा आयोजित राहत वितरण कार्यक्रममा पर्सा जिल्लामा बाढीबाट प्रभावित पोखरीया, निचुटालगायत गाउँका २५० र बारा, भलुहीका २५० बाढीपीडित परिवार सामेल थिए।

बाढीपीडितहरुलाई राहत वितरण गरेपश्चात पूर्वयुवराज्ञी हिमानी शाह परिवारका साथमा बुधवार नै काठमाडौ फर्केकी थिइन्। राहत वितरण गर्न गएकी शाहले कुनैपनि प्रतिक्रिया भने दिइनन्।
प्रकाशन मिति–२०७४ साल भाद्र ७ गते बुधवार ।