Euro Cup 2016 1काठमाडौ। फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा गएराति भएको फाईनल खेलमा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० ले हराँउदै पोर्चुगलले उपाधि हात पारेको हो।

Euro Cup 2016 3 jpg

खेलको पहिलो हाफमै पोर्चुगलका क्रिश्चियानो रोनल्डो घाईते भई मैदान छोडेपछि टोली दबाबमा आएको थियो। तर पनि घरेलु मैदान र समर्थकको दबाब झेल्दै पोर्चुगलले निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा पुर्‍यायो। यसपछि थपिएको ३० मिनेटमा पोर्चुगलले एक गोल गर्‍यो। अतिरिक्त समयको १९ औं मिनेटमा पोर्चुगलका लागि सब्सटिच्युट खेलाडी ईडरले एक गोल गरे। बाँकी समयमा फ्रान्सका खेलाडीहरुले केही अवसर सिर्जना गरेपनि गोलमा बदल्न नसक्दा खेल पोर्चुगलले १–० ले जित्यो।

Euro Cup 2016 2

यो जितसँगै पोर्चुगलले पहिलो पटक प्रतियोगिताको उपाधि सुरक्षित गरेको छ। यसअघि सन् २००४ मा आफ्नै राष्ट्रमा भएको युरोकप फुटबलको फाईनलमा ग्रिससँग हारेको पोर्चुगलले यसपटक त्यो गल्ति दोहोर्‍याएन। गएरातिको जितसँगै पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले अपराजित यात्रालाई निरन्तरता दिएका छन्। सान्तोसको नेतृत्वमा पोर्चुगलले एउटा पनि खेल हारेको छैन।
प्रकाशन मिति–२०७३ साल असार २७ गते सोमवार ।