Monkey Waiter 1काठमाडौ। बाँदर पनि मान्छे भन्दा कुनैपनि हालतमा कमजोर नबन्ने गरेको र मान्छेले गर्ने कार्य बाँदरले पनि गर्न सकिने यथार्थता जापानको खवरले यथार्थतामा परिणत भएको छ। जापानको टोक्यो स्थित एक होटल–रेष्टुरेन्टमा मान्छेले गर्ने सवै काम बाँदरले गर्दैआएको खुलासा भएको छ।

जापानको टोक्योस्थित काबुकी रेष्टुरेन्टमा बाँदरले वेटरको काम गर्दैआएको हो। अर्डरलिने वाहेक मनपर्ने थाल तथा खाना पस्किदिने कार्यसमेत बाँदरले गर्दैआएको पाइएको छ। धेरै वर्षदेखि बाँदरले यहाँ ग्राहकले भने अनुसारको सेवा गर्दै आएका छन्। बाँदरले भनेको अनुसारको खाना थाल र मागेको सुविधा सहजै उपलब्ध गराईदिएपछि ग्राहकको संख्‍या सधैं नै प्याक हुने गरेको छ।

यति मात्रै होइन, बफादार अरु वेटरजस्तै पोशाकमा बाँदरले सेवा गरिरहेका हुन्छन्। बाँदरले आम मानिस जस्तै सेवा गर्न थालेपछि रेस्टुराँले मानिसकको जस्तै मास्कको सुविधा दिएको छ। जसले मानिससँग सहज रुपमा घुलमिल हुने वातावरणको सृजना गरेको छ।बाँदरको यही खुबीका कारण मानिसहरु यो रेस्टुराँमा खाना खान र बाँदरको कामलाई प्रशंसा गर्न यहाँ आउने गरेका छन्।

Monkey Waiter 2(अन्तरराष्ट्रिय समाचारएजेन्सीको सहयोगमा)

प्रकाशन मिति–२०७४ साल बैशाख १७ गते आइतवार ।