Prachanda 2काठमाडौ। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भारतले जारी राखेको अघोषित नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताएका छन् ।

एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भारतीय राजदूत रणजित रायसँग भएको भेटमा प्रचण्डले लामो समयसम्म नाकाबन्दी कायम हुनुले दुई देशबीच लामो समयदेखिको सम्बन्धमा समेत राम्रो नगर्ने बताए।

Prachanda Cycling

प्रचण्डले अघोषित नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य होस् र वातावरण सहज होस् भन्ने आफ्नो धारणा रहेको उल्लेख गरेका थिए।

तराई–मधेसको समस्या आन्तरिक विषय भएकाले त्यसलाई सहज ढङ्गले समाधान गर्न लागिपरेको र केही दिनभित्रै आन्तरिक विषय समाधान हुने भएकाले अवरुद्ध रहेका दक्षिणी नाका तत्काल खुलोस् भन्ने अपेक्षा प्रचण्डले राखेका थिए।

भेटमा भारतीय राजदूत रायले भारत सरकारले पनि तत्काल समस्या समाधान होस् भन्ने चाहेको बताए। रासस

प्रकाशन मिति–२०७२ साल पुष १९ गते आइतवार ।