Prime Minister Meetingकाठमाडौ। आन्दोलनरत मधेश केन्द्रित दलहरु पनि अव स्थानीय चुनावमा केन्द्रित हुने भएके छ। शनिवार सत्तारुढ दल र मधेसकेन्द्रित दलहरुबीच नयाँ संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित आइतबार व्यवस्थापिका–संसदमा दर्ता गरी पारित गरेर निर्वाचनमा जाने सहमति भएको छ।

शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सत्तासाझेदार प्रमुख दलका शीर्ष नेता र आन्दोलनरत् मधेसकेन्द्रित दलका शीर्ष नेताहरुको बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरी स्थानीय तहको निर्वाचनमा सबै दलहरु सहभागी हुने सहमति भएको हो। बैठकमा निर्वाचन दुई चरणमा गर्ने सहमति भएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

पहिलो चरणको निर्वाचन वैशाख ३१ गते नै गर्ने र केही ठाउँहरुमा जेठ अन्तिम साता निर्वाचन गर्ने सहमति भएको नेताहरुले बताएका छन् । योसँगै मधेसकेन्द्रित दलहरुले घोषणा गरेको आन्दोलनसमेत स्थगन हुने भएको छ । आइतबार परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित हुने र आइतबार नै मोर्चाले आन्दोलन फिर्ताको औपचारिक घोषणा गर्ने मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णको भनाई रहेको छ। आइतबार मन्त्रिपरिषदको बैठक बसेर संविधान संशोधन प्रस्तावलाई परिमार्जन गर्ने नेताहरुले बताएका छन् ।

प्रकाशन मिति–२०७४ साल बैशाख ९ गते शनिवार ।