Prachandaकाठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत नजाने भएका छन्। प्रचण्डले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै वारेस पठाउने भएका छन्।

सर्वोच्च अदालतले मंगलवार पत्र प्राप्त भएको तीन दिन भित्र आफै वा आफ्नो प्रतिनिधि पठाउने आदेश जारी गरेको थियो।

प्रचण्डका सचिवालयले अदालतको आदेशको बारेमा प्रचण्डले आफ्नो कानुनी सल्लाहकारसँग सल्लाह गरेर आफ्नो प्रतिनिधि पठाउने तयारी गरेका छन् । सचिवालयका अनुसार अझैसम्म सर्वोच्चको अदालतको पत्र पुगेको छैन्।
प्रकाशन मिति–२०७३ साल जेठ १३ गते विहीवार ।