Donald Trump

काठमाडौ। अमेरिकी राष्ट्रपतिको पद् सम्हाले ११ दिनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध ४२ वटा मुद्धा दर्ता भएका छन् । व्यावसायिक जीवनमा कयौ पटक अदालती मुद्धा खेपेका ट्रम्पले राष्ट्रपति भएको दुई साता बित्न नपाउँदै झण्डै चार दर्जन मुद्धा दर्ता भएका हुन् ।

अन्तरराष्ट्रिय समाचार माध्यमहरुका अनुसार व्यवसायिक जीवनमा यौन शोषणदेखि लगानीकर्ता र आफ्नो विश्वविद्यालयका विद्यार्थीहरुलाई ठगेकोसम्म मुद्दाहरु उनीमाथि लागेको थियो। पदभार सम्हालेको ११ दिनमा उनले आप्रवासी र शरणार्थीमाथि प्रतिबन्धदेखि विभिन्न विवादास्पद निर्णय गरेका छन् । जसको कारण अमेरिकी राष्ट्रपतिलाई विपक्षी बनाउँदै मुद्दाहरु दायर भएका छन् ।

धेरैले उनको व्यवसाय र निजी फाइदाका लागि यस्तो कदमहरु चालिरहेको आरोप लगाएका छन् । ट्रम्प र उनका प्रतिनिधिहरुले पटक–पटक प्रतिबन्धको प्रतिरक्षा गर्दै आएका छन् । गत महिना उनले आफ्नो व्यवसाय छोराहरुले सञ्चालन गर्दै आएको ट्रस्टमा परिणत गर्ने घोषणा गरेका थिए ।

तैपनि मंगलबारसम्म ट्रम्पविरुद्ध ४२ वटा मुद्दाहरु दर्ता भइसकेका छन् । ट्रम्पविरुद्ध भर्जिनिया, सान फ्रान्सिस्को, टेक्सास, वासिङटन, पेन्सिल्भेनिया, म्यासेचुसेट्स, न्युयोर्क लगायत राज्यमा ट्रम्प विरुद्ध मुद्दाहरु दर्ता भएका छन् ।

Donald Trump 1प्रकाशन मिति–२०७३ साल माघ १९ गते बुधवार ।