अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी रेष्टुरेन्टको वेटर

0 minutes, 0 seconds Read

Obama Daughter in Resturent waiterकाठमाडौ। अमेरिकी राष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी साशा ओवामा इन्टर्नसीपको नाममा अमेरिकाको एक रेष्टुरेन्टमा काम गर्न थालेको बीबीसीले जनाएको छ।

१५ बर्षकी साशा गर्मीको विदालाई उपयोग गर्दै होटल म्यानेजमेन्टको इन्टर्नसीपको लागि मेराचुसेटसको मार्था वाइनयार्ड स्थित एक रेष्टुरेन्टमा वेटर काम गरिरहेको खुलासा भएको छ। जहाँ साशाको काम भोजन सेवा ग्राहक समक्ष पुर्याउनु हो।

Obama Daughter in Resturent waiter1

अमेरिकी समाचार संस्था बोस्टन हेराल्डको रिपोर्ट अनुसार साशाको पूरा नाम नताशा हो। हरेक दिन उक्त रेष्टुरेन्टमा काम गर्न आउंदा अमेरिकी खुफिया विभागका ६ जना एजेन्ट समेत आउने गरेका छन्। ती एजेन्ट नताशाको सुरक्षाको लागि राष्ट्रपति कार्यालयले खटाएको बुझिएको छ।
प्रकाशन मिति–२०७३ साल साउन २२ गते शनिवार ।

Similar Posts