काठमाडौं। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज हिन्दू नेपाली महिला दिदीबहिनीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउने कार्य भएको छ।

महिला दिदीबहिनीहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका तीजको व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ।

ऋषिपञ्चमी पर्वमा महिलाले नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्ने गरेकामा यस वर्ष भने कोरोना संक्रमणको महामारीवाट बच्न र बचाउन सरकारले घर घरमै स्नान गर्न आह्वान गरिएअनुरुप गरिएको छ। काठमाडौंको टेकु स्थित ऋषेश्वर महादेव मन्दिर लगायतका मन्दिरहरुमा हुने गरेको ऋषि पञ्चमीको मेला पनि स्थगित भएको छ।


प्रकाशन मिति–२०७७ साल भाद्र ७ गते आइतवार ।