काठमाडौं। कोरोना संक्रमणको महामारीको कारण काठमाडौं उपत्यकामा जारी साताव्यापी लकडाउनको दोश्रो दिन आज शुक्रवार महान पर्व हरितालिका तीज पनि परेको छ। यस दिन भगवान महादेवको पावनभूमि पशुपतिनाथ परिसर पाशुपत क्षेत्रमा अघिल्ला बर्षहरुमा आजको तीजका दिन महिला दिदीबहिनीहरुको थामिनसक्नु भीड हुने गर्दथ्यो।

इतिहासमा पहिलो पल्ट हरितालिका तीजको दिन पाशुपत क्षेत्र सुनसान बनेको छ। कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले ११ चैत, २०७६ सालवाट चार महिना लामो लकडाउन गरेदेखि बन्द गरिएको पशुपतिनाथको मन्दिर सर्वसाधारण सवैका लागि अझैपनि बन्द नै रहेको छ। पशुपतिनाथ मन्दिर आएर तीज नमाउन सरकारले अनुरोध गरेको कारण तथा काठमाडौंमा लकडाउन पूर्णरुपमा कडा भएकोले पशुपति परिसर शुन्य बनेको छ।

अग्रज फोटोपत्रकार कविन्द्रमान शाक्य आज मध्यान्हतिर पशुपतिनाथ परिसर पुग्दा पूरै शुन्य देखिएको छ। कविन्द्रमानको क्यामेरावाट पशुपतिनाथको अवस्था हेर्दा कोही महिला दिदीबहिनी तीजको दिनमा पनि नपुग्दा शिवजीलाई पनि क्या बोर भएजस्तो महशुश भएको छ। प्रस्तुत छ–अग्रज फोटोपत्रकार कविन्द्रमान शाक्यको क्यामेरावाट तीजको बेला देखिएको पशुपतिनाथको सुनसान अवस्था

प्रकाशन मिति–२०७७ साल भाद्र ५ गते शुक्रवार (हरितालिका तीज) ।