आज साउन १५ गते खीर खाने उत्सव

0 minutes, 0 seconds Read

काठमाडौं। असार १५ लाई दही–चिउरा खाएर उत्सव मनाउने पर्व हो भने, आज साउन १५ गते नेपालीहरुले खीर खाएर साउन १५ मनाउने कार्य गरेका छन्।

बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा ऊर्जामय राख्न खीर खाने चलन चलेको खीर विज्ञहरु बताउँछन्। आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ।

स्वास्थ्यका दृष्टिले मरिच, सुकेको नरिवल, दालचिनीलगायतका मसला राखेर बनाइएको खीर यो मौसमका लागि उपयुक्त र स्वास्थ्यवद्र्धक मानिन्छ।
प्रकाशन मिति–२०७६ साल साउन १५ गते बुधवार ।

Similar Posts