–एञ्जिला विष्ट
मायाका रहरहरु,
आशाका किरणहरु,
पूरा हुन नपाउदै
अल्बिदा भयौ आमा ।
आउंंदा बर्सै साल
आमाको मुख हेर्ने दिन,
हृदयमा टाँसिएको तस्बिर ,
आँखा भरी झलझली
सम्झनाका पहरहरु झस झसी ।
फूल हो जिन्दगी
झरी जानु पर्ने भनी चित बुझाउदा पनि
सम्झनाले मुटु खाइ रहने
कुटु कुटु याद तिम्रो माया तिम्रो
सबै तिम्रो आमा तिम्रो ।


प्रकाशन मिति–२०७७ साल बैशााख ११ गते विहीवार ।