इमाडोलमा अभिनेता राता मकैको नाममा राता मकै टोल तथा राता मकै गेट

0 minutes, 0 seconds Read

ललितपुर। नेपाली कलाकारका उपनामवाट टोलकै नाम कायम भएको छ। नेपाल टेलिभिजनको अत्यन्त लोकप्रिय हास्य सिरियल जिरे–खुर्सानीका लोकप्रिय पात्र अभिनेता किरण केसीको उपनाम राता मकैवाट ललितपुरको इमाडोलमा टोलकै नाम राता मकै चोक तथा राता मकै मार्ग कायम भएको हो।

सोही टोल तथा चोक प्रवेश व्दार समेत निर्माण भएको जसको नाम पनि राता मकै प्रवेश व्दार राखिएको छ। महालक्ष्मी नगरपालिकाको सहमतिमा अभिनेता किरण केसीले नै उक्त राता मकै प्रवेश व्दार निर्माण गरेका हुन्। जसको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ तथा मह जोडीले संयुक्त रुपमा आइतवार इमाडोलमा उदघाटन गरिएको छ।

उक्त गेट ललितपुरको इमाडोलमा रहेको रातामकै चोकमा अवस्थित छ। करिव १२ वर्ष अगाडि नामांकन भएको राता मकै चोक र राता मकै मार्गले आफूलाई गेट बनाउन प्रेरित गरेको अभिनेता किरण केसीले बताएका छन्।


प्रकाशन मिति–२०७६ साल बैशाख १५ गते आइतवार ।

Similar Posts