काठमाडौं। युवा पुस्तामाझ एकताका अत्यन्त लोकप्रिय संगीतकार बिजु बज्रको आज आइतबार बिहान दुःखद निधन भएको छ।

संगीतकार बज्रको हृदयाघातबाट काठमाडौंको नया बानेश्वर स्थित सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो। संगीतकार बज्रलाई ५ वर्षअघि पनि २ पटक हृदयघात भएको थियो।

“झरी परिरह्यो मनमा थामिदैन आँसु।।’ ‘बिस्तारै छायो आँखामा अँध्यारो‘” , “तिमी मभन्दा कोसौँ टाढा छौ‘” , “मै ठूली भैछु रे, आइदेऊ घुम्टी ओढाइदेऊ‘”, “कुन रंगको कमी थियो र‘” , “परेवाको जोडी उडेको देख्दा‘” लगायत संगीतकार बज्रका बहुचर्चित गीतहरु हुन्।

४८ वर्षीय संगीतकार बज्रको पत्नी, दुई छोरा र एक छोरी छन्।
प्रकाशन मिति–२०७६ साल बैशाख १५ गते आइतवार ।