काठमाडौं। नवलपरासीको गैंडाकोटमा निर्माणाधिन बुद्ध शान्त पार्क निर्माण समितिले सामाजिक रुपमा विभिन्न क्षेत्रवाट योगदान दिनेहरुलाई भव्य सम्मान गरेको छ। शनिवार काठमाडौंको चोभारमा आयोजित कार्यक्रममा बुद्ध शान्त पार्क निर्माण समितिले सम्मान प्रदान गरेको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा हुने भनिएको कार्यक्रम भएतापनि शनिवार मेयर शाक्य खुलामञ्चको अवैध संरचनामा डोजर चलाउने कार्यक्रम लगायतका अत्यन्त महत्वपूर्ण स्थानमा व्यस्त बनेकोले उपस्थित हुन सकेन। मेयर शाक्यको स्थानमा काठमाडौं महानगरपालिका वडा नंबर १२ का वडा अध्यक्ष विकास डंगोलको प्रमुख आतिथ्यता रहेको थियो। विशेष आतिथ्यता अग्रज विशिष्ट अभिनेता तथा निर्देशक पवन जोशीवाट भएको थियो।

करिब ६० जना विभिन्न व्यक्ति–विशेषहरुलाई प्रमुख अतिथि वडा अध्यक्ष डंगोल र विशिष्ट अतिथि अग्रज निर्देशक जोशीले भव्य सम्मान प्रदान गरेका थिए। सम्मान समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि भएको थियो। जसमा एक से एक कलाकारहरुको विशिष्ट प्रस्तुति रहेको थियो। आयोजक बुद्ध शान्त पार्क निर्माण समितिका अध्यक्ष शान्त वहादुर शाक्यले गैंडाकोटमा बुद्ध शान्त पार्क निर्माणको अन्तिम चरणमा पुगेको र निकट भविष्यमा काठमाडौंमा पनि त्यसप्रकारको पार्क निर्माण गर्ने योजना रहेको बताए।


प्रकाशन मिति–२०७६ साल बैशाख १५ गते आइतवार ।