काठमाडौ। एकातिर सडक विस्तार तथा अर्कोतिर मेलम्चीको पाइप सडकमा ओछ्याउने नाममा काठमाडौबासीले अत्यन्त दुःखकष्ट भोगिरहनु परेको छ। धुलो–धुँवाको सक्रमणले आक्रान्त बनेको काठमाडौका सडकहरुमा अत्यन्त ट्राफिक जाम हुनाले दिनहुंजसो सर्वसाधारण हैरान पर्ने गरेका छन्।
ट्राफिक जाम हटाउने ठेक्का लिइरहेका स्वयम् ट्राफिकहरुले टाइमिङ्ग नमिलाइकन सवारी रोक्ने र जान दिने कार्य हुँदा अझ ट्राफिक जाम हुन गरेको तथ्य कसैवाट छिपेको छैन्। म्यानुयल ट्राफिक संकेतले गर्दा धेरै ट्राफिक जाम हुने गरेको र त्यसको स्थानमा पंचायतकालमा जस्तो प्रभावकारी रुपमा विद्युत सवारी संकेत बत्ती राखिनु पर्ने आवश्यकता रहेको सफल उद्यमी विष्णु पुरुषको जिकिर रहेको छ।
उद्यमी विष्णु पुरुषले काठमाडौको कलंकी–नागढुंङ्गा सडकमार्ग अत्यन्त जाम भैरहेको र त्यसतर्फ दिनदहाडै ट्राफिक प्रहरीहरुले सवारी चालकहरुलाई हैरान पार्ने तथा उनीहरुलाई लुट्ने कार्य गर्दैगरेको आरोप लगाएका छन्।
![Mr. Bishnu Purush](http://www.visionsansar.com/wp-content/uploads/2017/02/Bishnu-Purush.jpg)
ठाउं–कुठाउं बसेर सवारी प्रमाण–पत्र तथा मापसे चेकिङ्गका बहानामा ट्राफिक चेक त्यस सडक खण्डमा जतिखेर पनि हुने गरेको र जसवाट अत्याधिक मात्रामा ट्राफिक जाम गर्ने कार्य स्वयम् ट्राफिकहरुले नै गर्न थालेको दावी उद्यमी पुरुषको रहेको छ।
अर्कोतर्फ रातिको समयमा अध्याँरो स्थानमा बसेर ट्राफिकले सवारी चेक गर्ने र रकमको बार्गेनिङ्ग गर्ने जस्ता विकृति ट्राफिकहरुमा भएको आफूले पाएको तथा त्यसवाट धेरै सवारी चालकहरु मारमा परेको गुनासो पनि उनले गरेका छन्।
प्रकाशन मिति–२०७३ साल फागुन ९ गते सोमवार ।