![New Elected Mayor Mr. Bidhya Sundar Shakya in Kathmandu Metro Politan City.](http://www.visionsansar.com/wp-content/uploads/2017/05/Bidhya-Sundar-winner-of-Mayor.jpg)
काठमाडौ। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्यले भारी मत ल्याएर विजय हासिल गरेका छन्। उपमेयरमा भने नेपाली कांग्रेसकी हरिप्रभा श्रेष्ठ खड्गी त्यसरी नै भारी मतकासाथ विजयी बनेकी छन्।
नवनिर्वाचित शाक्य आफ्ना प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा २० हजार ७ सय ६३ बढी मत प्राप्त गरी काठमाडौ महानगरपालिकाको मेयर पदमा निर्वाचित बनेका हुन्। आइतबार बिहान सकिएको मत गणनाको अन्तिम परिणाम अनुसार शाक्यले ६८ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी भएको हो । शाक्यको निकतम् प्रतिष्पर्धी नेपाली काँग्रेसका राजुराज जोशीले ४८ हजार एक सय ९८ मत प्राप्त गरेका थिए।
![Newly Elected Deputy Mayor M/s Hari Prabha Shrestha Khadgi](http://www.visionsansar.com/wp-content/uploads/2017/05/Hari-Prabha-Shrestha-Khadgi.jpg)
उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा श्रेष्ठ खड्गीले २४ हजार ९८ मतान्तरले विजयी बनेकी हुन् । खड्गीले ५८ हजार ९ सय ५२ मत प्राप्त गरेकी हुन भने उनको निकतम् प्रतिष्पर्धी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका छन्।
![M/sRanju Darsana](http://www.visionsansar.com/wp-content/uploads/2017/05/Ranju-Darsana.jpg)
विवेकशील नेपालीकी रञ्जु दर्शनाले २३ हजार ४ सय ३९ मत ल्याएर तेस्रो स्थानमा कायम गरेकी छन्। साझा पार्टीका किशोर थापा १८ हजार ४सय ९६ मत ल्याएर चौथो स्थानमा रहन सफलता प्राप्त गरे । तर तेस्रो दल नेकपा माओवादी केन्द्रको सर्वोत्तम डंगोल पाँचौं स्थानमा खुम्चन वाध्य भयो।
पछिल्लो समाचार अनुसार, काठमाडौ महानगरपालिकाका १८ वटा वडामा नेकपा एमाले र १४ वडामा नेपाली काँग्रेसले विजय हासिल गरेका छन् । नेकपा एमालेका तर्फबाट वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डङ्गोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डङ्गोल, १३ मा धु्रवनारायण मानन्धर, १४ मा शोभा सापकोटा, १५ मा ईश्वरमान डङ्गोल, १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचूडामणि वज्राचार्य, २२ मा चीनकाजी महर्जन, ३३ मा मच्चाराम महर्जन, २४ बालकृष्ण श्रेष्ठ, २७ चिनियाँमान वज्र्राचार्य, ३१ मा नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुलीले वडाध्यक्षमा विजय हासिल गरेका छन्।
त्यसैगरी काँगेसका तर्फबाट वडा नं ५ मा रमेश महर्जन, ६मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डङ्गोल, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर, १९ मा शशीलाल श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २५ मा नीलकाजी शाक्य, २६ मा ख्यामराज तिवारी, २९ मा कुश ढकाल, २८ मा भाइराम खड्की र ३० दलबहादुर कार्की वडाध्यक्षमा विजयी बनेका छन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १४ गते आइतवार ।