चौविस घण्टा नवित्दै पूर्वबडामहारानीको काटिएको विद्युत लाइन जोडियो

0 minutes, 0 seconds Read

Ratna Shah

काठमाडौ। ९० बर्षिया पूर्वबडामहारानी रत्न शाह बसेको नारायणहिटी स्थित महेन्द्र मञ्जिलको विद्युत लाइन काटेको चौविस घण्टा नवित्दै नेपाल विद्युत प्राधिकरणले सोमवार जोडिदिएको छ।

ऊर्जा मन्त्री जनार्दन शर्माको ठाडो आदेशमा ३७ लाख भन्दा बढी विद्युत बक्यौता भएको भनेर प्राधिकरणले महेन्द्र मञ्जिलको विद्युत लाइन आइतवार काटिदिएको थियो। महेन्द्र मञ्जिलको संपूर्ण विद्युत बक्यौता रकम संस्कृति मन्त्रालयले तिरिदिने सहमति पत्र आएपछि प्राधिकरणले विद्युत लाइन पूनः जडान गरिदिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले बताएका छन्।

नारायणहिटी राजदरवार संग्रहालयको रुपमा परिणत भएयता त्यसभित्र रहेको संपूर्ण संरचनाको खर्चबर्च संस्कृति मन्त्रालयले गर्नुपर्ने जिम्मेवारी भएतापनि सस्तो लोकप्रियताको लागि ऊर्जा मन्त्रीले गरेको उक्त अलोकप्रिय कार्यले स्वयम् मन्त्री नै लज्जित हुनुपरेको छ। यस संवन्धमा पूर्वराजावादीहरुले काठमाडौको रत्नपार्कमा ऊर्जा मन्त्रीको पुत्ला जलाएर विरोध जनाएर त्यस कार्य विरुद्ध खबरदारी समेत गरेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ६ गते सोमवार ।

Similar Posts