काभ्रे। आसन्न स्थानीय निर्वाचनमा काभ्रेको तेमाल गाउंपालिकामा चुनावी सरगर्मीले तिब्रता लिएको छ। चारतारा ध्वजावाहक नेपाली कांग्रेसवाट चर्चित गायक तथा समाजसेवी नेता सुनिल लामाको अध्यक्षमा सिफारिस भएपछि तेमालको चुनावी सरगर्मीले तिब्रता पाएको हो।

लामो समय जर्मन बसेर देशको लागि खुनपसिना बगाएर डेढ दशकअघि नेपाल फर्केर परदेशमा सिकेको सीपलाई स्वदेशमा भरमग्दुर पोखेर हजारौ युवाहरुलाई रोजगार दिने कार्यमा अग्रता दिने कार्य गर्दैआएका समाजसेवी गायक लामा सानैदेखि नेपाली कांग्रेसमा आवद्ध थिए।

तेमालको पार्टी पंक्तीमा अग्रता दिदै स्थानीय हक, हित र अधिकारका लागि लडाई लड्दैआएका लामा तेमाल गाउँपालिकाको विकासको लागि अहोरात्र खटिरहेका छन्। लामाले पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका एजेण्डा बोकेर तेमाल गाउंपालिकको अध्यक्षमा दावी गरेको बताए ।

पर्यटनको प्रचुर सम्भावना बोकेको तेमाल गाउँपालिकामा चुनावी माहोल रौनकमय नै छ । तेमालको नेतृत्व लिन नेपाली काँग्रेसवाट लामाको अग्रता नै रहेको छ। लामासंगै अरु ९ जनाले पनि अध्यक्षको आकाँक्षी देखिएका छन्। पार्टीको केन्द्रिय पंक्तीले निश्पक्ष रुपमा लामालाई टिकट दिनुपर्ने सवैको रहेको छ।

प्रकाशन मिति–२०७९ साल बैशाख ६ गते मंगलवार ।