दोश्रो विवाह पछि नेपाल आएकी पूजा चन्द पाएमा अझै फिल्म खेल्ने मूडमा

0 minutes, 0 seconds Read

Pooja Chanda 1काठमाडौ। लामो समयदेखि नेपाल बाहिर प्रवास अमेरिकामा बस्दैआएकी अभिनेत्री पूजा चन्द दोश्रो विवाह पश्चात पहिलो पल्ट नेपाल आएकी छन्।

यसपालिको नेपाल बसाई विशेषत पारिवारिक भेटघाट भनिएतापनि अग्रज अभिनेत्री बसुन्धरा भुसालको अगुवाईमा पूजा चन्द नेपालमा हुने प्राय चलचित्रका कार्यक्रममा भेटिन थालेकी छन्।

भेटका क्रममा उही पुरानो मादकता तथा मन्द मुस्कानका साथमा प्रस्तुत हुन माहिर पूजामा अझैपनि नेपाली चलचित्रको तृष्णा रहेको छ।

Pooja Chanda 1

चलचित्र निर्माण गर्ने भन्दा चलचित्रमा मौका तथा अवसर पाएमा नेपाल बसाईको क्रममा चलचित्र खेलेर जाने योजना भने भएको उनले भनेकी छन्। सदावहार नायिका करिश्मा मानन्धर पछि अत्यन्त सुन्दरी नायिकाको रुपमा पूजा चन्दलाई लिइने गरेको छ। नेपालमा सुरज चन्दसंग डिभोर्स भएपछि अमेरिका बसाईका क्रममा त्यहाँस्थित गायक राजु लामासंग पूचा चन्दले दोश्रो विवाह गरेकी हुन्।
प्रकाशन मिति–२०७३ साल साउन २८ गते शुक्रबार ।

Similar Posts