Sahrukh Khanकाठमाडौ। बलिउडका तीन चर्चित खान मध्येका एक खान बलिउड अभिनेता शाहरुख खानलाई यसपालिको अमेरिकाको भ्रमणमा पनि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएका छन्। अमेरिकी शहर लस एन्जलस स्थित विमानस्थलमा आफू प्रहरी नियन्त्रणमा परेको शाहरुख खानले ट्वीठ गर्दै जनाएका छन्।

विहीवार त्यहाँ पुगेका खान आफूलाई त्यहाँको अध्यागनमन विभागले हिरासतमा लिइनु निक्कै दुःखलाग्दो कुरा भएको भन्छन्। एक अर्को ट्वीटमा उनले प्रहरी नियन्त्रणमा आफूले ‘पोकेमोन गो’ गेम खेलिरहेको जनाएका छन्। केही घण्टाको अनुसन्धानपछि आफू प्रहरी नियन्त्रणबाट मुक्त भएको शाहरुखले जानकारी दिएका छन्। शाहरुखलाई सन् २०१३ मा पनि अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यतिबेला उनलाई न्यूयोर्क विमानस्थलमा करिब दुई घण्टा नियन्त्रणमा राखिएको थियो।

Sahrukh Khan.1प्रकाशन मिति–२०७३ साल साउन २८ गते शुक्रबार ।