• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Uncategorised

नवयुग श्रेष्ठ खेलमैदानमा नेपालको हिरो

नवयुग श्रेष्ठ खेलमैदानमा नेपालको हिरो
0
VIEWS

 

Naw Yug Shrestha.1

काठमाडौ। नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपाल ४–१ ले माल्दिभ्सलाई मंगलबार हराएर ढाकामा भइरहेको बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु स्टेडियम नेपाली टिमको लागि यस्तो मैदान हो, जहाँ नेपालले पछिल्लो उपाधि (सन् १९९३ छैटौं दक्षिण एसियाली महासंघीय खेलकुदको स्वर्णपदक) जितेको थियो । त्यही मैदानमा नवयुग हिरो भएपछि नेपाली टिम आठौं दक्षिण एसियाली महासंघीय खेलकुदको फाइनल खेलेयता पहिलोपल्ट फाइनलमा पुगेको हो। त्यसबेला दशरथ रंगशालामा भएको सेमिफाइनलमा पनि नेपालले माल्दिभ्सलाई हराएको थियो। त्यसयता माल्दिभ्समाथि नेपालको पहिलो जित यही हो। नेपालले बंगबन्धु गोल्डकपको फाइनलमा शुक्रबार बहराइन यू–२३ सँग खेल्नेछ।

२५ बर्षीय नवयुगले ३१ औं मनिेटमा गोल गर्दै माल्दिभ्सविरुद्ध खाता खोले । १४ भदौमा पुनेमा भएको भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत् अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका उनको यो पहिलो गोल हो । विशाल राईले ५३ औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । विक्रम लामाको पास उपयोग गर्दै नवयुगले ६२ औं मिनेटमा गोल गरेर नेपाललाई ३–० ले अघि बढाए । उनको त्यो गोल स्तरीय थियो । उनले चार मिनेटको इन्ज्युरी टाइमको पहिलो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यसमा पनि उनलाई विक्रमले पास दिएका थिए ।माल्दिभ्सविरुद्ध नवयुगको ह्याट्रिक, नेपाल १७ वर्षपछि औपचारिक फुटबलको फाइनलमा नवयुग ह्याट्रिक गर्ने पाँचौं नेपाली फुटबलर हुन्। यसअघि गणेश थापा (दक्षिण एसियाली खेलकुद १९८७ भुटानविरुद्ध), नरेश जोशी (१९९९÷श्रीलंकाविरुद्ध), नीराजन रायमाझी (विश्वकप छनोट २००२/मकाउविरुद्ध) र भरत खवास (एएफसी च्यालेन्ज कप छनोट २०११/नर्थर्न मारिया आइल्यान्डविरुद्ध) ले एकै खेलमा तीन गोल गरेका थिए।

Naw Yug Shrestha

पाँच फिट ६ इन्च अग्ला नवयुग छरिता फुटबलर हुन् । सानो जीउडालका भएकाले पनि उनी निक्कै फास्ट खेल्छन् । उनको स्कोरिङ पनि राम्रो छ । विशेषगरी पेनाल्टी क्षेत्रनजिकबाट उनले लोभलाग्दा गोल गर्ने गरेका छन् । राष्ट्रिय लिग २०६८ मा फरवार्डको भूमिका उत्कृष्ट प्रदर्शन गरेपछि उनले राष्ट्रिय टिममा स्थान पाएका हुन् । उनले राष्ट्रिय लिगमा सर्बाधिक १४ गोल गरेका थिए । प्रशिक्षक ध्रुव केसीले उनलाई जगजित श्रेष्ठको स्थानमा विङ्सबाट खेलाउँदै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गराएका थिए। त्यसबेला नवयुगले भनेका थिए, ‘अब चाहि फरवार्डको भूमिकामा राष्ट्रिय टिमबाट खेल्न पाउने आस छ।’

नेपालको गोलको खडेरी तोड्ने प्रयासमा बेल्जियन प्रशिक्षक प्याट्रिक ओसेम्सले उनको खुबी पहिचान गर्दै फरवार्डको भूमिकामा खेलाइहाले । राम्रो प्रदर्शन गरेपनि उनले यसअघिका ६ खेलमा गोल भने गर्न सकेका थिएनन् । इलामस्थित मंगलबारेका नवयुगले पोखरा–बुटवलमा २०६८ मा भएको राष्ट्रिय लिगमा सर्बाधिक ७ गोल गरेका थिए । त्यसबेला उनी फरवार्डको भूमिकामा मात्र थिएनन्, आर्मीका प्रशिक्षक योगम्बर सुवालले अट्याकिङ मिडफिल्डरको रुपमा पनि प्रयोग गरेका थिए।

मिडफिल्डमा पनि राम्रै प्रदर्शन गर्दै आएपनि उनी कहिल्यै राष्ट्रिय टिममा परेका थिएनन्। यसपाली राष्ट्रिय लिगमा गरिएको प्रदर्शनले उनलाई चर्चा दिलाउँदै राष्ट्रिय टिमसम्मै पुर्‍याएको हो । ‘उनमा गजबको स्कोरिङ क्षमता छ, जुन अहिलेका नेपाली फरवार्डमा कमै पाइन्छ,’ आर्मीका प्रशिक्षक मेघराज केसीले बताए ।
नवयुगले राष्ट्रिय लिगमा पुलिसविरुद्ध ३–० को जितमा ह्याट्रिक गरेका थिए । तीनै गोल आकर्षक थिए । पोखरामा चार वर्षअघि भएको राष्ट्रिय लिगमा संगम क्लबलाई ५–१ ले हराउँदा उनी एक्लैले चार गोल गरेका थिए । २०६८ को राष्ट्रिय लिगपछि उनको प्रदर्शन औसत रह्यो ।

उनको भूमिका पनि एउटै थिएन, कहिले अट्याकिङ मिडफिल्डर त कहिले फरवार्ड । दुई वर्षयता बल्ल उनले चर्चित् फरवार्ड भारत खवाससँगै आर्मीको अग्रपंक्तिमा खेल्ने अवसर पाएका हुन् । यसवीच उनी चर्चामा नरहेपनि मैदानमा छाइरहेकै थिए ।
प्रतिद्वन्द्वी डिफेन्समा रोहित चन्दलाई सबभन्दा कठिन मान्ने उनले दुई वर्षयता आर्मीसँगै गणेशमान गोल्डकप (विराटनगर), माइभ्याली (इलाम), सिमरा (बारा) र पथरी गोल्डकप (मोरङ) को उपाधि जितेका छन् । उनी सीमरा र पथरीमा सर्बोत्कृष्ट खेलाडी पनि चुनिएका थिए । शिक्षकका छोरो नवयुगको फुटबल कौशल घरनजिकका सनराइज एकेडेमी र भानुभक्त उच्चमाविको मैदानबाट फैलिन थालेको थियो ।

राष्ट्रिय टिमबाट खेल्ने सपना
सानैदखि फरवार्डको भूमिकामा खेल्ने उनी २०६०–६१ को जिविस कपमा सहभागि हुन काठमाडौं आएका थिए । त्यसमा उनको टिम इलाम च्याम्पियन नै भयो । ‘त्यसैबेला खेलाडी बन्छु भन्ने लाग्यो,’ उनले भने, ‘एकचोटी न एकचोटी राष्ट्रिय टिमको जर्सी लगाउने सपना पाल्न थाले ।’ उनको खेल यू–१४ जिविस कप जितेपछि राम्रो हुन थालेको थियो । ‘इलाममै दुई साता ट्रेनिङ गरेपछि जिविस कप खेलेका थियौं । यसैले मेरो स्तर बढायो,’ उनले भने ।

स्थानीय त्रिवेणी युवा क्लबबाट भारतको सीमावर्ती मिरिक र दार्जिलिङमा खेल्दा टिमको सबभन्दा कान्छो खेलाडी उनी नै हुन्थे । झापाका फरवार्ड विशाल राई ‘ए’को खुबै प्रशंसा गर्ने उनी प्रवेशिका परीक्षापछि राजधानीको लिग खेल्ने धुनमा उनी क्लबहरु चहार्न थाले । उनले एपीएफमा ४५ दिन ट्रेनिङ गरे ।‘सी’ डिभिजन खेल्न टोखा क्लबसँग पनि अभ्यास गरे । तर, उनी एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पा आफैले भनेपछि ‘बी’ डिभिजन खेल्न पाउने आसमा टोखाबाट नखेल्दै हिमालयन शेर्पा क्लबमा पुगेका थिए । हिमालयन शेर्पा ‘बी’ डिभिजन लिग उपविजेता हुदै ‘ए’ डिभिजनमा उक्लियो तर नवयुगले त्यहाँ मैदानमा ओर्लने अवसर नै पाएनन् । उनले खेल्न पाउने आसमा सँधै बेन्चमा बिताए ।

त्यसबेला उनको खेल राम्रो स्तरको पनि थिएन । ‘मभन्दा राम्रा खेलाडीहरु टिममा थिए र उनीहरु खेलेकोमा नै चित्त बुझाउनुपथ्र्यो,’ उनले भने । ‘बी’ डिभिजन सकेपछि उनी घर फर्किए । उनी साथी सरोज श्रेष्ठसँगै नेपाली सेनामा भर्ती हुन धनकुटा पुगे । उनी पास भए, सरोज भएनन् ।

आर्मीमा बनेको करिअर
२०६५ सालमा भर्ती भएपछि दुई नम्बर बाहिनी हिलेमा सैन्य तालिम गर्दागर्दै नवयुगलाई पृतना ट्रफि खेल्न इटहरी पठाइयो । त्यसमा उनको टिम च्याम्पियन भयो। उनले राम्रो खेलेका थिए । त्यसबेला त्रिभुवन आर्मी क्लबले पनि राम्रो खेलाडी खोजीरहेको थियो । त्यसैले उनलाई सैन्य तालिमपछि सीधै क्लबमा काठमाडौं पठाइयो। उनी तत्कालीन प्रशिक्षक डम्बरसिंह गुरुङको नजरमा परिहाले । त्यही बेला मिडफिल्डर सन्तोष नेपाली शान्ति सेनामा बिदेश गएका थिए । त्यसैले उनले ‘प्लेइङ सेट’मै रहेर सहिद स्मारक ‘ए’ डिभिजन लिग २०६६–६७ मा डेब्यू गरे । उनको फुटबल करिअर त्यहीबाट उकालो लागेको हो।

सन्तोष फर्केपछि अर्का मिडफिल्डर राजु तामाङ शान्ति सेनामासमावेश भए । त्यसैले नवयुगले निरन्तर पहिलो रोजाइमा मौका पाए । डम्बरसिंहपछि योगम्बर सुवाल हुदै अहिले मेघराज केसी आर्मीको मुख्य प्रशिक्षक छन् । नवयुग उनीहरु सबैको रोजाईमा परे। उनलाई राष्ट्रिय टिममा ध्रुव केसीले ‘ब्रेक’ दिए । त्यसपछि प्याट्रिक ओसेम्सले पहिलो रोजाईमा राखे । र, अहिले बालगोपाल महर्जनको पनि भरपर्दा फरवार्ड बने । यही क्रममा पाएका अवसरलाई सही सावित गर्दै उनले ढाकामा ह्याट्रिक गरेका हुन् । कान्तिपुर दैनिकबाट
प्रकाशन मिति–२०७२ साल माघ ६ गते बुधवार ।

Tags: Navyug Shresthanepali herovisionsansarनवयुग श्रेष्ठ खेलमैदानमा नेपालको हिरो
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57997
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40002
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023

Recent News

नर्स समेत रहेकी अभिनेत्री प्रसुन्न कँडेलको ठहर–कैदीको पत्र सवैले हेर्नुपर्ने चलचित्र

बैशाख १५ गते नेपालमा कैदीको पत्र प्रदर्शन हुने

26 March 2023
पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

पशुपति परिसरमा कुटुमा कुटुको नयाँ गेटअप

26 March 2023
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
No Result
View All Result
  • Home
  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.