• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

नांगो सावुनमा बोसो छ भन्ने भ्रमपूर्ण सन्देशको नाममा विदेशी कंपनीको नांगो हस्तक्षेप

नांगो सावुनमा बोसो छ भन्ने भ्रमपूर्ण सन्देशको नाममा विदेशी कंपनीको नांगो हस्तक्षेप
0
VIEWS

काठमाडौ। नांगो साबुनमा बोसो छ छैन भनेर नेपाली मिडियामा नेपाली स्वदेशी उच्चस्तरको सावुन माथि नै धावा बोलेको पाइएको छ। नेपाली स्वदेशी सावुन उद्योगलाई धराशयी पार्नका लागि उपभोक्ता हितको लागि भनेर सिमित ठूला मिडियालाई प्रयोग गरेर विदेशी सावुन उत्पादक कंपनीले सुनियोजित प्रचार गरेको खुलासा भएको छ। भारतीय युनिलिभर कंपनीको प्रपञ्चमा त्यसप्रकारको प्रोपोगाण्डा गरिरहेको अनलाइन टिभी अन्नपूर्णले दावी गरेको छ। टिभी अन्नपूर्णका अनुसार पैसाको लोभमा केही मिडियाहरुले साबुनबारे तथ्यहीन विज्ञापन गरेर समाजमा भ्रम फैलाउन खोजेको छ।

Bosho sabunनेपालमै उत्पादित भएका साबुनहरुलाई उक्त कम्पनीले गुणस्तरहीन देखाएर करोडौंको विज्ञापन गरी नेपालमा आफ्नो मात्रै बजार हिस्सा स्थापित गर्न खोजेको छ । उक्त कम्पनीले आयातित साबुनहरुको बजार प्रबद्र्धन गर्न यस्तो रणनीति अपनाएको हो। पैसाको आडमा केही मिडियाहरु प्रयोग गरेर त्यस्ता कम्पनीहरुले करोडौं रुपैंयाँ खर्च गरेका छन्।

साबुनमा बोसो नै हुन्छ भनेर एकतर्फी नेपाली उपभोक्ताहरुलाई भ्रममा पारी उक्त कम्पनीले अर्बौंको व्यापार गर्न खोजेको छ। नेपालमा उत्पादित भएका लुगा धुने र नुहाउने साबुनमा बोसो मात्रै नभएर अरु नै कच्चा पदार्थ प्रयोग गरिएको हुन्छ। साबुनमा मोनोपोली अर्बौंको व्यापार गर्न केही ठूला कम्पनीले नेपालका साबुन उद्योगहरु बन्द गराउन यस्तो विज्ञापन गरिरहेका हुन् । स्वदेशी साबुन उद्योगलाई धरासायी बनाउने उद्देश्यका साथ उपभोक्तालाई सचेत गराउने नाममा केही विदेशी कम्पनीले भ्रमपूर्ण विज्ञापन गरेको साबुन उद्योगीहरुले बताएका छन्।

साबुन बनाउने कच्चा पदार्थको रुपमा बोसोको प्रयोग विश्वव्यापी रुपमा स्वीकृत भएको र सरकारले पनि बोसो आयातमा रोकतोक नलगाएको अवस्थामा लुगा धुने साबुनमा बोसो हुन्छ भनेर उपभोक्तालाई आतंकित पार्ने विज्ञापन कहाँबाट, कसले दियो ? भनेर स्वदेशी साबुन उद्योगीहरुले प्रश्न उठाएका छन्।

विराटनगरस्थित हिमगिरी सोप एण्ड केमिकल इन्डष्ट्रिजका कार्यकारी निर्देशक महेश जाजुले बहुराष्ट्रिय कम्पनीहरुले स्वदेशी साबुनसँग प्रतिस्पर्धा गर्न नसकेर यस्तो भ्रामक प्रचारमा लागेको बताए। स्वदेशी साबुनको राम्रो व्यापार भएको देखेपछि बहुराष्ट्रिय कम्पनीहरुले प्रतिस्ष्पर्धा गर्न नसकेपछि यस्तो रणनीति अपनाएको उनले बताए।

नेपाली बजारको माग धानेर भारत, भुटानजस्ता देशमा पनि साबुन निर्यात गरिरहेका नेपाली उद्योगको सफलता कमजोर पार्न कुनै समूहले नियोजित रुपमा उपभोक्ता भड्काउने काम गरेको भन्दै आपत्ति जनाए। साबुनमा प्रयोग हुने कच्चा पदार्थ बोसो झनै प्राकृतिक भएको व्यवसायीहरुको भनाई छ । बोसो त प्राकृतिक रुपमा बनाईने चिज हो यसलाई हानिकारक भन्नु स्वदेशी व्यवसायीसँग प्रतिष्पर्धा गर्न नसकेर उनीहरुको दिमागले काम गर्न छोडेको जाजुले बताए।

केमिकलयुक्त साबुन बनाउनेहरुले यस्तो अफबाह फैलाईरहेको उनको आरोप छ। अहिले बजारमा बहुराष्ट्रिय कम्पनीले स्वास्थ्यमा हानिकारक असर गर्ने केमिकल मिसाएर साबुन बनाउने गरेका छन् । तर नेपाली साबुनहरु हरियाली बनस्पतिबाट बढी बन्छन् । स्वदेशी साबुन उद्योगलाई बर्बाद बनाउनको लागि पैसाको र पहुँचको भरमा मिडियालाई दुरुपयोग गरेर उपभोक्तालाई भ्रमित बनाउन यस्तो खेल भईरहेको भन्दै सरकारले यसलाई निरुत्साहित गर्नुपर्ने जाजुको भनाई छ।

प्रतिस्पर्धी बजारमा कुनै पनि अर्को वस्तुलाई नराम्रो देखाउने खालको कुनै पनि गतिविधि गर्न नपाईने व्यवस्था भएपनि नियमनकारी निकाय मौन बस्नु स्वदेशी उद्योगको लागि खतरा भएको उनको भनाई छ । वस्तुको गुणस्तर निर्धारण तथा अनुगमन गर्ने जिम्मेवारी पाएको नापतौल तथा गुणस्तर विभाग भने यसबारेमा प्राविधिक अध्ययन गरिरहेको बताएको छ ।

तर साबुनमा बोसो कच्चा पदार्थको रुपमा प्रयोग गर्नलाई भने कुनै रोकावट नभएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए। नकारात्मक प्रभाव पारेको बारे जानकारी दिनु राम्रो कुरा भएपनि त्यसका नाममा व्यापार गरिनु गलत भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको समेत भनाई छ। उनी भन्छन्, ‘यो प्रतिष्पर्धी बजारलाई कुण्ठित बनाउने विज्ञापन हो । यस्तो विज्ञापन आचारसंहिता विपरीत पनि हो । राज्य सजग रहनुपर्छ । राज्यले यसलाई नियन्त्रण गर्न सक्नुपर्छ । ब्रोडसिट पेपरले यस्ता विज्ञापन हाल्ने की नहाल्ने भन्नेबारे सोच्नु आवश्यक छ ।’
प्रकाशन मिति–२०७३ साल माघ १३ गते विहीवार ।

Tags: नांगो सावुनमा बोसो छ भन्ने भ्रमपूर्ण सन्देशको नाममा विदेशी कंपनीको नांगो हस्तक्षेप
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.