Aniradha Koirala

काठमाडौ। माइति नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारको उच्च सम्मान प्रदान गरिएको छ।

भारतको उच्च पद्मश्री सम्मान प्रदान गरिएको काठमाडौ स्थित भारतीय राजदूतावासले जनाएको छ। दूतावासले कोइरालालाई ट्वीटर मार्फत बधाई पनि दिइसकेको छ।

पद्मश्री सम्मान भारत सरकारले आफ्नो मुलुक तथा विदेशी मुलुकका विभिन्न क्षेत्रमा योगदान दिनेहरुलाई प्रदान गरिने उच्च सम्मान हो।

उदाहरणीय सामाजिक कार्य गरेबापत सन् २०१७ को पद्मश्री सम्मान पाउने कोइराला एक्ली विदेशी परेकी छन्।

कोइरालाले लामो समयदेखि माइति नेपाल मार्फत नेपालवाट भारतमा बेचिएका महिला तथा बालबालिकाहरुको उद्धार र संरक्षण गर्ने कार्यमा विशिष्ट योगदान दिदै आएकी छन्।

कोइराला यसअघि वि.सं.२०६८ सालमा सीएनएन हिरो घोषित बनेकी थिइन्।
प्रकाशन मिति–२०७३ साल माघ १३ गते विहीवार ।