Manang Road

लमजुङ्ग। हिमालपारिको जिल्ला मनाङ्ग पुग्ने एकमात्र सडक बाटो तीन हप्ता बन्द हुने भएको छ।

मनाङ्ग पुग्ने लमजुङ्ग बेसीशहर–चामे सडकखण्ड यही माघ २५ गते देखि फागुन १० गतेसम्मका लागि यस सडक खण्डमा सवारी आगमन बन्द गरिने सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ।

यस सडक खण्डमा पर्ने काप्रे भीरदेखि श्रीचौर र सिमानामा पर्ने तालडाँडासम्मको सडक खण्ड मर्मत तथा स्तरोन्नति गरिने भएकोले सवारी आगमन बन्द गरिन लागेको भनिएको छ।
प्रकाशन मिति–२०७३ साल माघ १२ गते बुधवार ।