![निरज सिटौला भूपेन्द्र](http://www.visionsansar.com/wp-content/uploads/2017/02/Niraj-Sitaula-1.jpg)
काठमाडौ। राष्ट्रिय झापाली शैक्षिक व्यवसायी समाज गठन भएको छ।
झापा जिल्लाको प्रतिनिधित्व गर्ने शैक्षिक व्यवसायीहरुलाई एकतावद्ध गर्ने उदेश्यनुरुप समाजको गठन भएको जानकारी शैक्षिक व्यवसायी शेषराज भट्टराईले भिजन संसारलाई बताएका छन्।
व्यवसायी भट्टराईका अनुसार हाल तदर्थ समितिको रुपमा गठन भएको राष्ट्रिय झापाली शैक्षिक व्यवसायी समाजको संयोजक निरज सिटौला भूपेन्द्र चयन भएका छन्।
इक्यानका उपाध्यक्ष समेत रहेका सिटौलाको नेतृत्वमा राष्ट्रिय झापाली शैक्षिक व्यवसायी समाजले झापाली शैक्षिक व्यवसायीहरुलाई स्वदेश तथा विदेशमा एकतावद्ध बनाउन अग्रता लिने भएको छ।
त्यसका लागि झापा जिल्लावाट प्रतिनिधित्व गर्ने सवै शैक्षिक व्यवसायीहरु सदस्यता लिन सक्ने जानकारी पनि शैक्षिक व्यवसायी भट्टराईले दिएका छन्।
![Shesh Raj Bhattarai- CEO of Orbit International](http://www.visionsansar.com/wp-content/uploads/2017/02/Shesh-Raj-Bhattarai-1-480x360.jpg)
प्रकाशन मिति–२०७३ साल माघ २७ गते विहीवार ।