काठमाडौ। नेपालका लागि अमेरिकी राजदूतमा चाँडै नै अव नयाँ आउने भएका छन्। नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार नेपालको लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त बनेका छन्।

चांडै नै नेपालका लागि अमेरिकी राजदूत बनेर बेरी नेपाल आउने भएको हो। र्‍यान्डी बेरी अमेरिकी विदेश मन्त्रालय अन्तर्गत यौनिक अल्पसंख्यक (एलजिबिटिआई)का क्षेत्रमा कार्यरत थिए।

बेरी यसअघि सन् २००७ देखि २००९ सम्म नेपालमा डेपुटी चिफ अफ मिसनको रूपमा काम गरेका थिए। हाल नेपालका लागि एलियाना बी टेप्लिज राजदुत रहँदै आएकी छन्।
प्रकाशन मिति–२०७५ साल असोज १९ गते शुक्रबार ।