पूर्वमुमा बडामहारानी रत्नको निवासमा खानेपानीको पाइप लाइन काटिएपछि समस्या नै समस्या

0 minutes, 0 seconds Read

काठमाडौ। पूर्वमुमा बडामहारानी रत्नको नारायणहिटी राजदरवार स्थित महेन्द्र मञ्जिलमा आठ बर्ष अगाडि नै खानेपानीको पाइप लाइन काटिएको खुलासा नेपालको सरकारी अखवार गोरखापत्र दैनिकले खुलासा गरेको छ। खानेपानीको पाइप लाइन पुनः सुचारु गर्न महेन्द्र मञ्जिलमा कार्यरत कर्मचारीले निकै दौडधुप गरे पनि प्रयास सफल हुन सकेको छैन।

royal-palace-of-nepalतत्कालीन मुमाबडामहारानी रत्न, उनका सुसारे तथा सुरक्षाकर्मीका लागि महेन्द्र मञ्जिलमा दैनिक १२ हजार लिटर पानी खपत हुँदै आएको छ। खानेपानी पाइप लाइन काटिएकाले तत्कालीन राजा वीरेन्द्रका पालामा किनिएको ट्याङ्करले दैनिक दुईपटक महाङ्कालबाट पानी ओसार्ने गरेको छ।

महेन्द्र मञ्जिलका लागि पानी खरिदमा मासिक ५० हजार रुपियाँ खर्च हुँदै आएको छ भने ट्याङ्करको इन्धन र मर्मत खर्च अतिरिक्त लाग्दै आएको छ। तत्कालीन राजा वीरेन्द्र भएकै बेला नारायणहिटी दरबारमा खानेपानीको अभाव भएपछि इनार खन्नुपर्ने वा बोरिङ गर्नुपर्ने विषय त्यहाँका कर्मचारीले उठाएका थिए।

तर, तत्कालीन राजा वीरेन्द्रले राजपरिवारमा इनार खन्ने चलन नभएको र बोरिङ गर्दा पानीको सतह घट्नसक्ने भएकाले पानी ओसार्नु नै उपयुक्त हुने भन्दै ट्याङ्कर किन्न आदेश दिएका थिए। सोही अनुसार २०५५ सालमा छ हजार लिटर क्षमताको पानी ट्याङ्कर किनिएको थियो।
प्रकाशन मिति–२०७३ साल असोज ८ गते शनिवार ।

Similar Posts