काठमाडौ। नेकपा क्रान्तिकारी माओवादीले आइतवार उपत्यका बन्द आव्हान गरेकोलाई फिर्ता लिएको छ। उपत्यकामा चन्दा संकलन आतंक गरेको आरोपमा बुधवार बागबजार लगायतका स्थानवाट आफ्ना कार्यकता पक्राउ गरेको विरोधमा माओवादीले आइतवार उपत्यका बन्द गर्ने भनिएको थियो।

mohan-baidhya-teek-to-his-party-member

शनिवार नै पक्राउ परेका केन्द्रिय सदस्य शिवराम यादव, अखिल क्रान्तिकारीका सहसंयोजक राम नेपाली, केन्द्रिय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई रिहा गरेपछि बन्द फिर्ता गरेको माओवादी उपत्यका संयोजक दिनेश शर्मालाई राससलाई बताएका छन्।

पक्राउ परेका नेता तथा कार्यकर्ताहरु महानगरीय प्रहरी बृत सिंहदरवार अनामनगरमा शुक्रबारदेखि आमरण अनशन बसेकामा शनिवार रिहा गरिएपछि उनीहरुलाई माओवादी अध्यक्ष मोहन बैद्य किरणले जुश खुवाएर अनशन तोडाएका थिए।
प्रकाशन मिति–२०७३ साल असोज ८ गते शनिवार ।