काठमाडौ। सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्वन्धी फाइल शुक्रबार सर्वोच्च अदालतमा पठाएको छ। मन्त्रिपरिषद कार्यालयबाट लोकमानसम्वन्धी फाइल अदालतमा पठाइएको हो।

सरकारले संवैधानिक परिषदले कार्कीलाई अख्तियार प्रमुख सिफारिस गर्न गरेको निर्णयको पुस्तिका सर्वोच्चमा पठाएको हो । लोकमानको नियुक्ति सदर गर्ने आदेश पुनरावलोकनको माग गर्दै परेको निवेदनको सुनुवाईका क्रममा सर्वोच्चले नियुक्तिको फाइल सरकारसँग मागेको थियो।

तर, सरकारले भूकम्पका कारण कार्यालय सर्नु परेको भन्दै हराएको जवाफ पठाएपनि सर्वोच्चले यसलाई गैरजिम्मेवार जवाफ भन्दै सात दिनभित्र पेश गर्न भन्दै फाइल पेश नगरे कारबाही गर्ने चेतावनी दिएको थियो।
प्रकाशन मिति–२०७३ साल असोज ७ गते शुक्रबार ।