फ्लाईटेक इन्टर्नेशनललाई वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट

0 minutes, 0 seconds Read

काठमाडौं। काठमाडौंको पुतलिसडकमा अवस्थित फ्लाइटेक इन्टरनेसनललाई वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनले पुरानो बानेश्वरको डाइनिङ पार्क रेस्टुरेन्टमा आयोजित एक कार्यक्रममा वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट प्रदान गरेको छ। वरिष्ठ समाजसेवी एवम उद्धमी इन्दिरा सापकोटाको प्रमुख आतिथ्यता, सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, नेपाल) एवम विशिष्ट व्यक्तीहरुको समुपस्थितिमा उक्त कार्यक्र सम्पन्न भएको हो।

वर्ल्ड स्ट्यान्डराइजेसन सर्टिफिकेट, वर्ल्ड बुक अफ रेकर्ड्सको गुणस्तर मापन विभाग हो। कुनै पनि क्षेत्रमा विश्वस्तरिय सेवा(सुविधा दिइरहेको संस्थालाई मुल्याङ्कन पश्चात यो सर्टिफिकेट प्रदान गरिन्छ। वर्ल्ड बुक अफ रेकर्ड्स विश्वव्यापी रुपमा रेकर्डहरु प्रमानिकरण गर्ने अन्तरराष्ट्रिय संस्था हो।

यसले बेलायत, अमेरिका , अष्ट्रेलिया , मोरिसस लगायत देशबाट आफ्नो गतिविधिहरु सन्चालन गर्दै आईरहेको छ । एसिया, अफ्रिका र युरोप भर विश्वव्यापी सन्जाल मार्फत वर्ल्ड बुक अफ रेकर्ड्सले एतिहासिक सम्पदाहरु तथा सांस्कृतिक, सामाजिक, आर्थिक एवम सांगीतिक लगायतका क्षेत्रमा उल्लेख्य योग्दान पुर्‍याउनुहुने व्यक्ती तथा संस्थालाई सुचिक्रित तथा सम्मनित गर्दै आएको छ।

फ्लाइटेक इन्टरनेसनलले एअर होस्टेस ट्रेनिङ तथा रोजगार क्षेत्रमा गरेको उल्लेख्य योगदान एवम संस्था ब्यवस्थापनमा कार्यान्वयन गर्दै आएको अन्तरराष्ट्रिय गुणस्तर मापदन्डको आधारमा उक्त सर्टिफिकेट प्रदान गरिएको हो।

कार्यक्रममा फ्लाइटेक इन्टरनेसनलका साथै इन्टरनेसनल ईन्स्टिच्युट अफ फेशन टेक्नोलोजी (आइ आइ एफ टि) ग्लोबल कलेज इन्टरनेसनल तथा बाबा इन्टरनेसनल कन्सल्टेन्सीलाई पनि सो सर्टिफिकेट प्रदान गरिएको छ।

उक्त अवसरमा सम्पूर्ण संस्थाका संचालक एवम पदाधिकारीहरुलाई बिरेन्द्र शर्मा (सांसद बेलायत), डा. दिवाकर शुकुल )अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डन), सन्तोष शुक्ला (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स), सागर कट्वाल (अध्यक्ष, वर्ल्ड बुक अफ रेकर्ड्स, नेपाल) लगायत नेपाल र बेलायत का विशिष्ट व्यक्तिहरुले बधाई ज्ञापन गरेका थिए।


प्रकाशन मिति–२०७६ साल जेठ ८ गते बुधवार ।

Similar Posts