काठमाडौं । शहरमा उत्पादन भएको घरेलु फोहोरलाई दिगो रुपमा व्यवस्थापन गरेर जलबायु परिवर्तनमा पुग्ने असर रोक्ने प्रतिवद्धतासहित काठमाडौंमा ‘जलबायु परिवर्तनमा फोहोरमैलाले पारेको प्रभाव’ बिषयक एक दिवसीय गोष्ठी सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन बिभागले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै महानगरका मेयर बिद्यासुन्दर शाक्यले शहरमा यस्ता समस्या छन् भनेर देखाउनेभन्दा यो समस्याको समाधान यो हो भनेर देखाउने बिज्ञको खाँचो रहेको बताएका छन् ।

कुनै एउटा बिषय दियो भने घण्टौंसम्म बोल्न सक्ने क्षमता हुन सक्छ । समस्याका चाङ् लगाइदिन सक्ने प्रवृत्ति हुन सक्छ । धेरै बिकल्प देखाउने पनि गर्न सकिन्छ । तर, यो समस्याको समाधान गर्न सक्ने यो नै उपयुक्त बिकल्प हो भनेर देखाउन सक्ने बिज्ञ पाउन सकिएन । मेयर शाक्यले अनुभव सुनाउँदै गोष्ठीमा भने— आम नागरिकसँग जोडिएका समस्या समाधानमा बिकल्प दिने जा–ेकोहीलाई पनि स्वागत छ । तपाईँको सुझावलाई हामी नीतिमा उल्लेख गर्छौं, बजेट व्यवस्था गरेर कार्यान्वयन गर्छौं, आउनुहोस् सुझाव दिनोस् ।

मेयर शाक्यले अगाडि भनेका छन्–वातावरणीय सुधारका लागि हाी बिद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं । केही बिज्ञ भन्छन् — काठमाडौंमा बिद्युतीय सवारी चलाउन हुँदैन। बिज्ञबाट आएका यस्ता धारणाले काममा अलमल गराइदिन्छ । मेयर शाक्यले सहरी व्यवस्थापन वातावरणीय मुद्दामा कुरा गर्दै — सवारी जाम कम हुनासाथ बायु प्रदुषणमा कमी आएको उल्लेख गरेका छन् ।

गोष्ठीमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले शहरी आचरण क्रमशः बनिबनाउ बस्तुको उपभोगमा अभ्यस्त बन्न थालेको तथा प्लाष्टिकजन्य बस्तु मानिसको अभिन्न अङ्ग भइसकेको जिकिर गर्दै फोहोर मैला व्यवस्थापन भनेको एक पक्षले मात्र काम गरेर व्यवस्थापन नहुने गहर गरेकी छन्। यसको सुधारका लागि व्यक्तिगत आचरण सुधारबाट अघि बढ्नुपर्छ । सहरी समस्या गोलमटोल छन् । समस्या प¥यो भने अरुलाई देखाउन मिल्ने र राम्रो भयो भने आफूले जस लिन सजिलो अवस्था रहेको पनि उपमेयर खड्गी श्रेष्ठले भनेकी छन् ।

गोष्ठीमा धारणा राख्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले सडक सञ्जाललाई उदाहरणका रुपमा प्रस्तुत गरेका छन् । सडक कस्ले खन्छ? किन खन्छ? खनेपछि किन पुर्दैन? नागरिकलाई थाहा नै हुँदैन । सहरका सडक बिगार्ने धेरै निकाय छन् तर धुँवा उड््यो भने महानगरले गाली खानुपर्छ । अब हामी सहरी सेवा र पूर्वाधारमा सीमा लगाएर जिम्मेवारी छुट््याउने सोचमा छौं । यसले केही सुधार हुन्छ कि, न्यौपानेले आशा व्यक्त गरेका छन् ।

गोष्ठीमा वातावरणबिद् भुषण तुलाधरले नगरपालिकामा उत्पादन हुने फोहोरले जलबायु परिवर्तनमा पारेको प्रभावका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै — जैबिक जोहोरबाट ३.६ प्रतिशतले हरित गृह ग्याँस उत्सर्जन हुने बताउँदै यसबाट हुने असर कम गराउन व्यक्तिगत तहबाट काम थालनी गर्नुपर्ने धारणा राखेका छन् । त्यस्तै फोहोरमैला व्यवस्थापन प्राबिधिक सहयोग केन्द्रका पूर्व कानुन अधिकृत दिपेन्द्र ओलीले फोहोरमैला व्यवस्थापनका लागि प्रचलित कानुन र वातावरणीय सुधारका लागि यसको प्रभावका बिषयमा कार्यपत्र प्रस्तुत गर्दै — फोहोरमैलाको दिगो व्यवस्थापन गर्न तथा फोहोरबाट पर्न सक्ने वातावरणीय नकारात्मक असर कम गराउन परिपक्व कानुनी व्यवस्था रहेको उल्लेख गरेका छन्।

कार्यपत्रमाथि टिप्पणी गर्दै पूर्व वातावरणमन्त्री गणेश शाह र फोहोरमैला व्यवस्थापन केन्द्रका पूर्व महाप्रवन्धक सूर्यमान शाक्यले दायित्व नलिने प्रवृत्ति र आपसी समन्वय बिना काम गर्ने परिपाटीले व्यवस्था बिग्रिएको धारणा राखेका छन्। गोष्ठीमा वातावरण व्यवस्थापन बिभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले गोष्ठीको आवश्यकता र महत्वका वारेमा प्रकाश पारेका थिए।
प्रकाशन मिति–२०७६ साल जेठ ८ गते बुधवार ।